सशस्त्र प्रहरीले माग्यो ६ जना चिकित्सक, अरु कुन कुन पदमा खुल्यो जागिर ?

बिजमाण्डू
२०८० फागुन १८ गते १०:४१ | Mar 1, 2024
सशस्त्र प्रहरीले माग्यो ६ जना चिकित्सक, अरु कुन कुन पदमा खुल्यो जागिर ?

काठमाडौं । सशस्त्र प्रहरीले विभिन्न प्राविधिक पदमा भर्ना आह्वान गरेको छ। सशस्त्रले १४ जनाका लागि दरखास्त आह्वान गरेको हो।

Tata
GBIME
Nepal Life

प्राविधिक सशस्त्र प्रहरी निरीक्षक (चिकित्सक) ६ जना,  प्राविधिक सशस्त्र प्रहरी निरीक्षक (बीडीएस) दुईजना, प्राविधिक सशस्त्र प्रहरी नायव निरीक्षक (स्टाफ नर्स) तीनजना माग गरिएको छ।

यस्तै, सशस्त्र प्रहरी नायव निरीक्षक (ल्याब टेक्निसियन), सशस्त्र प्रहरी नायव निरीक्षक (फिजियोथेर्पिस्ट) र सशस्त्र प्रहरी नायव निरीक्षक (रेडियोग्राफर) एक-एकजनाका लागि दरखास्त खुलाइएको छ।

इच्छुक उम्मेदवारहरुले चैत २० गतेसम्म स्वयम् उपस्थित भएर हलचोकस्थित सशस्त्र प्रहरीको मुख्यालयमा दरखास्त फारम बुझाउनुपर्नेछ। दरखास्त फारम अनलाइनबाट भर्नुपर्नेछ।