सीएनआईले युएईमा व्यावसायिक सम्बन्ध प्रवर्धन गर्ने, लगानीकर्ता भित्र्याउने मुख्य उद्देश्य

बिजमाण्डू
२०८० फागुन १६ गते २०:२७ | Feb 28, 2024
सीएनआईले युएईमा व्यावसायिक सम्बन्ध प्रवर्धन गर्ने, लगानीकर्ता भित्र्याउने मुख्य उद्देश्य
व्यावसायिक सम्बन्ध प्रवर्धन गर्न समझदारी गरिंदै

काठमाडौं। नेपाल उद्योग परिसंघ (सीएनआई) र नेपाल युएई चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीबीच दुई देशबीच व्यावसायिक सम्बन्ध प्रवर्धन गर्न समझदारी भएको छ।

Tata
GBIME

सीएनआईका अध्यक्ष राजेश कुमार अग्रवाल र नेपाल यूएई चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीका अध्यक्ष पवन कुमार अग्रवालले बुधबार समझदारीमा हस्ताक्षर गरेका छन्।

सीएनआईका अध्यक्ष अग्रवालले दुई देशबीच व्यावसायिक सम्बन्ध प्रवर्धन तथा लगानी सहजीकरण गर्नु समझदारीको मुख्य उद्देश्य भएको बताए। देशको हितमा लगानी भित्र्याउन र निर्यातको सम्भावना बढाउन समझदारीबाट सहयोग पुग्ने उनको विश्वास छ।

नेपाल यूएई चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीका अध्यक्ष पवन कुमार अग्रवालले सीएनआईसँगको समझदारीले लगानी प्रवर्धन, नेपालका वस्तु तथा सेवाको निर्यात बढाउन र प्रविधि हस्तान्तरणमा सहयोग पुग्ने विश्वास व्यक्त गरेको सीएनआईले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।