श्रम मन्त्रालयद्वारा जापानमा श्रमिक पठाउने कार्यविधि लागू, यी क्षेत्रमा काम गर्न जान पाइने

बिजमाण्डू
२०८० फागुन १४ गते १०:१४ | Feb 26, 2024
श्रम मन्त्रालयद्वारा जापानमा श्रमिक पठाउने कार्यविधि लागू, यी क्षेत्रमा काम गर्न जान पाइने

काठमाडौं । वैदेशिक रोजगारीका लागि नेपालबाट जापानमा कामदारका रुपमा जाने बाटो खुलेको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ‘जापानमा निश्चित सीपयुक्त श्रमिक पठाउनेसम्बन्धी कार्यविधि, २०८०’ लागू गरेसँगे नेपालबाट जापानमा कामदार जान पाउने भएका छन्।

Tata
GBIME
Nepal Life

अब जापानमा नर्सिङ स्याहारसुसार, भवन सरसफाइ व्यवस्थापन, मेसिनका पार्टपुर्जा र औजार उद्योग, औद्योगिक मेसिनहरू उत्पादन गर्ने उद्योग र इलेक्ट्रिक, इलेक्ट्रोनिक र सूचना प्रविधि क्षेत्रमा काम गर्न जान पाइनेछ।

यस्तै, पानीजहाज निर्माण र पानीजहाज मेसिनरी निर्माण, अटोमोबाइल मर्मत–सम्भार, उड्डयन क्षेत्र (हवाईजहाज) , आतिथ्य सत्कार (होटेल) , कृषि, माछापालन तथा अकुवाकल्चर, खाद्य र पेय पदार्थ उद्योग र खानपान व्यवसाय (रेस्टुरेन्ट) मा समेत दक्ष कामदार जान पाउनेछन्।