सिम्रिक एयरको संखुवासभा दुर्घटनाको प्रारम्भिक प्रतिवेदन तयार, ‘उडान संचालनमै गल्ती’



बिजमाण्डू
२०८० फागुन ८ गते १५:४२ | Feb 20, 2024
सिम्रिक एयरको संखुवासभा दुर्घटनाको प्रारम्भिक प्रतिवेदन तयार, ‘उडान संचालनमै गल्ती’

काठमाडौं। पर्यटन मन्त्रालयले सिम्रिक एयरको संखुवासभा दुर्घटनाको प्रारम्भिक प्रतिवेदन तयार गरेको छ। मन्त्रालयले तयार पारेको प्रारम्भिक प्रतिवेदनमा उडान संचालनमा त्रुटि भएको उल्लेख छ।

Tata
GBIME
Zonsen

‘हामीले एक महिनाअघि तयार पारेको प्रारम्भिक प्रतिवेदन फ्रान्स स्थित ब्यूरो अफ इन्क्वाइरी एण्ड एनालाइसिस फर सिभिल एभिएसनमा पठाएका छौँ,’मन्त्रालयको एक कर्मचारीले भने,’अबको एक महिनामा उताबाट आएको प्रतिक्रिया अनुसार दुर्घटनाको अन्तिम प्रतिवेदन सार्वजनिक हुनेछ।’

प्रारम्भिक प्रतिवेदन तयार भएको ६० दिन प्रतिक्रियाका लागि छुट्याइने गरिएको छ। ‘कुनैपनि हवाई दुर्घटना भएपछि यसको कारवाही गर्ने भनेको नागरिक उड्डयन प्राधिकरणले हो। हामीले सम्वन्धित वायुसेवा कम्पनीलाई यस्तो दुर्घटना पुनः नदोहोर्‍याउनका लागि सुझाव सहित विवरण दिँदै आएका छौँ,’ उनले भने।

गत वैशाख २२ गते संखुवासभाको भोटखोला-४ मा सिम्रिक एयरको ९एन-एजेजेड कलसाइनको  हेलिकोप्टर दुर्घटनामा पर्दा एक जनाको मृत्यु भएको थियो। दुर्घटनामा स्थानीय भविन गुरुङको मृत्यु भएको थियो।

दुर्घटनामा हेलिकोप्टरमा सवार चारजना गम्भीर घाइते भएका थिए । माथिल्लो अरुण जलविद्युत आयोजनामा आवश्यक निर्माण सामाग्री पुर्‍याउन जाने  क्रममा भोटखोला गाउँपालिका-४ हटियाको सिक्प्रुङको हम्मरेडाँडामा हेलिकोप्टर दुर्घटनामा परेको थियो।