राष्ट्रिय बीमा कम्पनीको प्रमुख कार्यकारी नियुक्ति प्रक्रिया अगाडि बढ्यो, २१ दिनभित्र आवेदन

बिजमाण्डू
२०८० माघ २४ गते ०९:०४ | Feb 7, 2024
राष्ट्रिय बीमा कम्पनीको प्रमुख कार्यकारी नियुक्ति प्रक्रिया अगाडि बढ्यो, २१ दिनभित्र आवेदन

काठमाडौं। राष्ट्रिय बीमा कम्पनी लिमिटेडले रिक्त प्रमुख कार्यकारी अधिकृत नियुक्ति प्रक्रिया अगाडि बढाएको छ।

Tata
GBIME
Nepal Life

कम्पनीले बुधबार सूचना जारी गर्दै प्रमुख कार्यकारी अधिकृतका लागि सार्वजनिक आह्‍वान गरेको हो। योग्यता पुगेका इच्छुकले २१ दिनभित्र आवेदन दिनुपर्ने हुन्छ।

शेखर बरालले राजीनामा गरेपछि पद रिक्त थियो। बीमा, मौद्रिक, बैंकिङ, वित्तीय, वाणिज्य, व्यवस्थापन, जनप्रशासन, तथ्यांक शास्त्र, गणित, अर्थशास्त्र वा कानुन विषयमा कम्तिमा स्नातकोत्तर  गरेकाले आवेदन दिन सक्छन्।

कम्पनीले मासिक तलब नियमावली अनुसार दिने जनाएको छ। यसवाहेक अन्य भत्ताहरु हुने छ। ६५ वर्ष ननाघेकाले आवेदन दिनुपर्ने हुन्छ।

बीमा क्षेत्रमा १० वर्ष काम गरेको भनेर अनुभव पनि मागिएको छ।