कृषि सामग्री कम्पनीको प्रबन्ध सञ्चालक हुने सर्टलिस्टमा नौ जना, योजना प्रस्तुतिपछि अन्तर्वार्ता

बिजमाण्डू
२०८० माघ १० गते १२:४१ | Jan 24, 2024
कृषि सामग्री कम्पनीको प्रबन्ध सञ्चालक हुने सर्टलिस्टमा नौ जना, योजना प्रस्तुतिपछि अन्तर्वार्ता

काठमाडौं। कृषि सामग्री कम्पनी लिमिटेडको प्रबन्ध सञ्चालक नियुक्तिका लागि नौ जना सर्टलिस्टमा परेका छन्। नियुक्ति सिफारिस समितिले उनीहरुका लागि व्यावसायिक कार्य योजना प्रस्तुति र अन्तर्वार्ता देहायको मिति तोकेको छ।

Tata
GBIME
Nepal Life

सर्टलिस्टमा परेकाहरुमा झापाका चन्द्रप्रसाद चम्लागाई, बागलुङका डोलिन्द्रप्रसाद शर्मा, सर्लाहीका पुण्यप्रसाद उपाध्याय, कास्कीका विष्णुप्रसाद पोखरेल,तनहुँका भोजराज अधिकारी, सुनसरीका राजेन्द्रबहादुर कार्की,  सप्तरीका शैलेन्द्रकुमार सुमन, पर्वतका हरिवंश आचार्य र गोरखाका रामचन्द्र ढकाल छन्।

उम्मेदवारहरुको व्यावसायिक कार्य योजना प्रस्तुति र अन्तर्वार्ता कुलेश्वरस्थित प्रधान कार्यालयमा हुने भएको छ।

कार्ययोजना प्रस्तुतिका लागि आगामी शनिबार तोकिएको छ भने अन्तर्वार्ताका लागि आइतबार र सोमबारको समय तोकिएको कृषि सामग्रीले बुधबार जारी गरेको सूचनामा उल्लेख छ।