इमाद एन फखौरी आइएफसीको दक्षिण एसिया क्षेत्रीय निर्देशक नियुक्त, को हुन् उनी?

बिजमाण्डू
२०८० माघ ८ गते १३:३४ | Jan 22, 2024
इमाद एन फखौरी आइएफसीको दक्षिण एसिया क्षेत्रीय निर्देशक नियुक्त, को हुन् उनी?

काठमाडौं। विश्व बैंक समूहको सदस्य इन्टरनेशनल फाइनान्स कर्पोरेसन (आइएफसी)ले इमाद एन फखौरीलाई दक्षिण एसियाको क्षेत्रीय निर्देशकमा नियुक्त गरेको छ।

Tata
GBIME
Nepal Life

उनले नयाँ दिल्लीमा बसेर यस क्षेत्रको प्रभावकारी विकासका नतिजाहरु बढाउन निजी क्षेत्र, सरकारहरु र क्षेत्रीय साझेदारहरुसँगको सम्बन्धलाई सृदृढ गर्दै आइएफसीको रणनीति र सञ्चालनको नेतृत्व गर्ने भएका छन्।

‘दक्षिण एसियामा आर्थिक वृद्धि र रोजगारी सिर्जनालाई उकास्नु, यस क्षेत्रको सम्भावनालाई खोजी गर्न र समृद्धिको मार्ग प्रस्तुत गर्नुपर्ने आवश्यकता छ। दिगो पूर्वाधार र जलवायु परिवर्तनका विषयमा निजी पुँजी परिचालनलाई सक्षम बनाउन  र मापन गर्न फखौरीको गहिरो अनुभव आईएफसीका लागि सम्पत्ति हुनेछ,’ आइएफसीका एसिया र प्रशान्त क्षेत्रका लागि क्षेत्रीय निर्देशक रिकार्डो पुलिटीले भनेका छन्, ‘मलाई विश्वास छ, उहाँको नेतृत्व कौशल र विशेषज्ञताले हाम्रो कामलाई थप विस्तार गर्न, निजी क्षेत्रको विकासलाई प्रोत्साहन गर्न र यस क्षेत्रमा आर्थिक वृद्धिमा योगदान पुर्‍याउनेछ।’

दक्षिण एसियामा आइएफसीको केन्द्रमा बंगलादेश, भुटान, भारत, माल्दिभ्स, नेपाल, श्रीलंका छन्। जहाँ आइएफसीले समावेशी र  दिगो विकास प्रवर्धनका लागि सुझाव र रणनीतिहरु बनाउन सहयोग गर्छ। पुँजी बजार सुदृढीकरण, प्रतिस्पर्धात्मकता बढाउने र लैंगिक असमानता हटाउनु प्रमुख प्राथमिकता छन्।  

‘निरन्तर विश्वव्यापी संकटका बीचमा दक्षिण एसियाको विकासका लक्ष्यहरु हासिल गर्नका निम्ति निजी क्षेत्रको लगानी आवश्यक छ। आइएफसीले नवीन समाधानहरु प्रदान गरेर थप समावेशी र लचिलो विकासको मोडलमा लक्ष्य हासिल गर्न सहयोग गर्नेछ,’ नियुक्तिपछि फखौरीले भने,’ हाम्रो प्राथमिकता आवश्यक अवसरहरु सिर्जना गर्ने, रोजगारीको दिगोपना, जलवायुसम्बन्धी लक्ष्यहरुलाई समर्थन गर्ने,सेवामा सुधार गर्ने, समावेशीकरण, डिजिटल वित्तीय पहुँच सुदृढ पार्ने लगायतका विषयहरु छन्।’

आर्थिक वर्ष २०२२ मा आइएफसीले अन्य लगानीकर्ताहरुलाई परिचालन भएको झण्डै १.३ बिलियन अमेरिकी डलर ( करिब १ खर्ब ७२ अर्ब रुपैयाँ) सहित दक्षिण एसियामा ३.४५ बिलियन अमेरिकी डलर (४ खर्ब ५८अर्ब रुपैयाँ) उपलब्ध गराएको छ।

फखौरी सन् २०१९ मा वरिष्ठ सल्लाहककारका रुपमा विश्व बैंक समूहमा सामेल भएका थिए। २०१९ को अन्त्यमा पूर्वाधार, वित्त, पीपीपी र ग्यारेण्टीका लागि ग्लोबल निर्देशकको भूमिकामा थिए। सन् २०१० देखि २०१८ सम्म उनले जोर्डन सरकारका लागि काम गरेका थिए। उनले मन्त्रीका रुपमा समेत काम गरिसकेका छन्।

फखौरीले बायोमेडिकल इन्जिनियरिङमा बीएस्सी र केस वेस्टर्न रिजर्भ युनिभर्सिटीबाट इन्जिनियरिङ व्यवस्थापनमा एमएससी गरेका छन्। उनले हार्भर्ड केनेडी स्कुल अफ गभर्नमेन्टबाट सार्वजनिक नीतिमा स्नातकोत्तर र नर्थवेस्टर्न युनिभर्सिटीको केलोग बिजनेस स्कुलबाट एमबीए समेत गरेका छन्।