महालक्ष्मी विकास बैंकको प्रमुख कार्यकारी अधिकृतबाट कार्यकाल बाँकी छँदै देवकोटाले दिए राजीनामा

बिजमाण्डू
२०८० पुष २९ गते ०९:४८ | Jan 14, 2024
महालक्ष्मी विकास बैंकको प्रमुख कार्यकारी अधिकृतबाट कार्यकाल बाँकी छँदै देवकोटाले दिए राजीनामा

काठमाडौं। महालक्ष्मी विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) बाट बोधराज देवकोटाले राजीनामा गरेका छन्। २०७७ चैतमा प्रमुख कार्यकारी नियुक्त भएका देवकोटा १५ महिना कार्यकाल बाँकी हुँदै राजीनामा गरेर बाहिरिएका हुन्।

Tata
GBIME
Nepal Life

देवकोटाले दिएको राजीनामा शुक्रबार सञ्चालक समितिले स्वीकृति गरिसकेको छ। उनले आइतबार (आज) सम्म काम गर्ने छन्।

देवकोटा महालक्ष्मी विकास बैंकको प्रमुख कार्यकारी अधिकृत हुनुअघि सिटिजन्स् बैंक इन्टरनेशनलमा डेपुटी प्रमुख कार्यकारी अधिकृत थिए। सिटिजन्सको स्थापनाकालदेखि नै उनी आवद्ध थिए।

काठमाडौं विश्वविद्यालयबाट व्यवस्थापनमा एमफिल गरेका उनीसँग बैंकिङ क्षेत्रको करिब साढे दुई दशकको अनुभव छ। सञ्चालक समितिसँग कुरा नमिलेपछि कार्यकाल बाँकी छँदै राजीनामा गरेका हुन्। यसअघि ज्योति विकास बैंकबाट श्रीचन्द्र भट्टले पनि कुरा नमिलेपछि राजीनामा गरेका थिए।