राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशक पदका लागि दरखास्त आह्वान

बिजमाण्डू
२०८० पुष २७ गते ०८:२२ | Jan 12, 2024

काठमाडौं । राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशक पदको पदपूर्तिका लागि दरखास्त आह्वान गरिएको छ।

Tata
GBIME

राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान विकास समितिको पदपूर्ति उपसमितिले आज सूचना जारी गर्दै खुला प्रतिष्पर्धाको आधारमा कार्यकारी निर्देशक छनोट गर्न दरखास्त आह्वान गरेको हो।

न्यूनतम योग्यता र अनुभव भएका व्यक्तिले सूचना प्रकाशित भएको मितिले २१ दिन भित्र सीप विकास तथा तालिम शाखामा तोकिएको ढाँचामा दरखास्त बुझाउनुपर्नेछ।

कार्यकारी निर्देशकका लागि चाहिने योग्यता र मापदण्डबारे थप विवरण श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयसँगे व्यावसायिक तथा सीप विकास तालिम प्रतिष्ठान र श्रम विभागको बेवसाइटमा उपलब्ध हुने सूचनामा उल्लेख छ।