त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि दरखास्त माग, ‘भिजन पेपर’ बुझाउनुपर्ने

बिजमाण्डू
२०८० पुष २० गते ०८:३० | Jan 5, 2024
त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि दरखास्त माग, ‘भिजन पेपर’ बुझाउनुपर्ने

काठमाडौं। त्रिभुवन विश्‍वविद्यालयले उपकुलपति नियुक्तिका लागि आवेदन माग गरेको छ। आज सूचना जारी गरि विश्‍वविद्यालयका कुलपतिबाट रिक्त रहेको उपकुलपतिको नियक्ति गर्न दरखास्त आह्‍वान भएको हो।

Tata
GBIME

सूचना प्रथम पटक प्रकाशित भएको मिति (आज) ले १० दिन भित्र त्रिभुवन विश्‍वविद्यालयको उपकुलपति छनोट तथा सिफारिससम्बन्धी कार्यविधि, २०८० को अनुसूचीमा रहेको दरखास्त दाँचामा आवेदन पेस गर्नुपर्नेछ।

आवेदन दिन चाहनेले स्नातकोत्तर वा विद्यावारिधि तह उत्तीर्ण गरेको हुनुपर्नेछ। साथमा आवेदकले ३ हजार शब्दमा विश्‍वविद्यालयसम्बन्धी सोचपत्र (भिजन पेपर), ५ हजार शब्दको चार वर्षे व्यावसायिक कार्ययोजना (प्रोफेसनल वर्क प्लान) पनि पेस गर्नुपर्नेछ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले त्रिवि उपकुलपति नियुक्तिमा राजनीतिक भागबण्डा नहुने बताएका छन्।