परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको कार्यकारी निर्देशक पदका लागि दरखास्त आह्वान



बिजमाण्डू
२०८० पुष १७ गते ०८:२३ | Jan 2, 2024
परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको कार्यकारी निर्देशक पदका लागि दरखास्त आह्वान

काठमाडौं । परराष्ट्र मन्त्रालय अन्तर्गत रहेको परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानमा रिक्त रहेको कार्यकारी निर्देशकको पदपुर्तिका लागि दरखास्त आह्वान भएको छ।

Tata
GBIME
Nepal Life

मन्त्रालयले आज एक सूचना जारी गरि ६५ वर्ष उमेर ननाघेको र अन्तर्राष्ट्रिय कानुन, कूटनीति वा आर्थिक कूटनीतिको क्षेत्रमा १० वर्ष काम गरेको, स्नातकोत्तर उपाधि हासिल गरेकोलाई आवेदन दिन आह्वान गरेको हो। यस्तै, यो पदमा काम गर्न चाहनेले उच्च व्यवस्थापकीय पदमा कम्तीमा ५ वर्षको अनुभव हुनुपर्नेछ।

आवेदकले ३ हजार रुपैयाँ दस्तुर बुझाएर माघ २ गतेसम्म परराष्ट्र मन्त्रालयको सामान्य प्रशासन महाशाखामा गोप्य सिलबन्दीमा आवेदन दिनुपर्नेछ।

दरखास्त दिन चाहनले कार्ययोजना र दूरदृष्टिसहिको कार्यपत्रसमेत प्रस्तुत गर्नुपर्नेछ।