नागरिक लगानी कोषमा पाँच जना ‘सर्टलिस्ट’, राष्ट्र बैंकका पूर्व निर्देशकदेखि वित्त कम्पनीका पूर्व सीईओसम्म

बिजमाण्डू
२०८० पुष ११ गते ११:२० | Dec 27, 2023
नागरिक लगानी कोषमा पाँच जना ‘सर्टलिस्ट’, राष्ट्र बैंकका पूर्व निर्देशकदेखि वित्त कम्पनीका पूर्व सीईओसम्म


काठमाडौं। नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा दावी गरेकामध्ये पाँच जना अन्तर्वार्ताका लागि छनौट भएका छन्।

Tata
GBIME
NLIC

पर्वतकुमार कार्की, राजेन्द्र पण्डित, लेखनाथ शर्मा पंगेनी, विश्वमोहन अधिकारी र डा. शिवहरी श्रेष्ठ छनौट भएका हुन्। उनीहरुलाई पुस १७ गते अन्तर्वार्ताका लागि डाकिएको छ।

रमण नेपाल अवकाश भएपछि रिक्त पदमा सार्वजनिक आवेदन माग गरिएको थियो। त्यसमध्येबाट ५ जना छनौटमा परेका हुन्।पर्वतकुमार कार्की राष्ट्र बैंकका क्याडर हुन्। उनी पछि नेपाल ग्रामीण विकास वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत भएका थिए।

राजेन्द्र पण्डित राष्ट्र बैंकका पूर्व निर्देशक हुन्। गभर्नर कार्यालयमा लामो समय काम गरेका उनी कार्यकारी निर्देशकमा बढुवा हुने बेलामा अवकाश भएका थिए। उनीसँग बैंकिङ, नियमन, सुपरिवेक्षणका साथै विदेशी विनिमयको राम्रो अनुभव छ।

लेखनाथ शर्मा पङ्गेनी सरकारी कर्मचारी हुन्। उनीसँग वित्तीय क्षेत्रमा काम गरेको अनुभव छैन। विश्वमोहन अधिकारी फाइनान्स कम्पनी र विकास बैंकको प्रमुख कार्यकारी अधिकृत भइसकेका छन्। उनी अहिले युवा स्वरोजगार कोषमा छन्।

डा. शिवहरी श्रेष्ठ नेपाल खाद्य संस्थानका पूर्व प्रमुख हुन्। श्रेष्ठ नेपाल औद्योगिक विकास निगममा २५ वर्ष, बीमा संस्थानमा महाप्रवन्धक, सामुदायिक लघुवित्त संस्थाको प्रमुख कार्यकारी अधिकृत भइसकेका छन्।