कामना सेवा विकास बैंकको प्रमुख व्यवसाय अधिकृतमा दीपेन्द्र सुवेदी नियुक्त, १७ वर्षको बैंकिङ अनुभव

बिजमाण्डू
२०८० मंसिर २९ गते १८:०२ | Dec 15, 2023
कामना सेवा विकास बैंकको प्रमुख व्यवसाय अधिकृतमा दीपेन्द्र सुवेदी नियुक्त, १७ वर्षको बैंकिङ अनुभव

काठमाडौं। कामना सेवा विकास बैंकको प्रमुख व्यवसाय अधिकृतमा दीपेन्द्र सुवेदी नियुक्त भएका छन्। प्रमुख व्यवसाय अधिकृत सुवेदीलाई बैकका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले स्वागत गरे।

Tata
GBIME

करिव १७ वर्षको बैकिङ अनुभव भएका सुवेदीले शुक्रवार आफ्नो पद वहाली गरे। कार्यक्रममा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत विनय दाहाल लगायत अन्य उच्च पदस्थ कर्मचारीहरुको उपस्थिती रहेको थियो।

सुवेदी कामना सेवामा आउनु भन्दा अघि सांग्रिला डेभलपमेण्ट बैंकमा कार्यरत थिए। सुवेदीको नियुक्तिले बैंकको आफ्नो व्यवसाय वृद्धिमा उल्लेख्य टेवा पुग्ने विश्वास बैंकले लिएको छ।

हाल देशभरका विभिन्न स्थानमा रहेका १३५ वटा संजाल, ७७ वटा एटिएमवाट बैंकले आफ्नो अत्याधुनिक सेवा सुविधाहरु प्रदान गर्दै आईरहेको छ।