काठमाडौं। बुद्ध एयरले आफ्नो १७ औं जहाज नाइन एन एओसीबाट व्यावसायिक उडान सुरु गरेको छ।
कम्पनीले १७ औं जहाजबाट आइतबार पहिलो उडान काठमाडौंबाट तुम्लिङटारमा गरेको हो। यो उडानमा ५९ यात्रु थिए।
बुद्ध एयरसँग ३ वटा एटीआर-४२ र १४ वटा एटीआर- ७२ जहाज छन्।