
काठमाडौं । अमेरिकामा अध्ययन गर्न जाने नेपाली विद्यार्थीको संख्या गत वर्ष २७.९ प्रतिशतले बढेको छ।
नेपालस्थित अमेरिकी राजदूतावासका अनुसार अमेरिकामा अध्ययन गर्ने नेपाली विद्यार्थीहरूको संख्या गत वर्ष २७.९ प्रतिशतले वृद्धि भई १५ हजार ९० पुगेको छ। यो संख्या हालसम्मकै उच्च रहेको जनाइएको छ।
अन्तर्राष्ट्रिय शैक्षिक एक्सचेन्जबारे सन् २०२३ को ओपन डोर्स रिपोर्टको आधारमा सो तथ्यांक सार्वजनिक भएको हो।
शैक्षिक वर्ष २०२२/२०२३ मा १० लाखभन्दा धेरै (१० लाख ५७ हजार १८८)अन्तर्राष्ट्रिय विद्यार्थीहरूको रोजाइमा अमेरिका परेको जनाइएको छ।