BIZMANDU
www.bizmandu.com

अमेरिकामा अध्ययन गर्न जाने नेपाली विद्यार्थीको संख्या गत वर्ष २७.९ प्रतिशतले बढ्यो

२०८० मंसिर १

अमेरिकामा अध्ययन गर्न जाने नेपाली विद्यार्थीको संख्या गत वर्ष २७.९ प्रतिशतले बढ्यो
अमेरिकामा अध्ययन गर्न जाने नेपाली विद्यार्थीको संख्या गत वर्ष २७.९ प्रतिशतले बढ्यो


काठमाडौं । अमेरिकामा अध्ययन गर्न जाने नेपाली विद्यार्थीको संख्या गत वर्ष २७.९ प्रतिशतले बढेको छ।

Tata
GBIME
NLIC

नेपालस्थित अमेरिकी राजदूतावासका अनुसार अमेरिकामा अध्ययन गर्ने नेपाली विद्यार्थीहरूको संख्या गत वर्ष २७.९ प्रतिशतले वृद्धि भई १५ हजार ९० पुगेको छ। यो संख्या हालसम्मकै उच्च रहेको जनाइएको छ।

अन्तर्राष्ट्रिय शैक्षिक एक्सचेन्जबारे सन् २०२३ को ओपन डोर्स रिपोर्टको आधारमा सो तथ्यांक सार्वजनिक भएको हो।

शैक्षिक वर्ष २०२२/२०२३ मा १० लाखभन्दा धेरै (१० लाख ५७ हजार १८८)अन्तर्राष्ट्रिय विद्यार्थीहरूको रोजाइमा अमेरिका परेको जनाइएको छ।