नेपाल टेलिकमका पूर्व प्रबन्ध निर्देशक बुद्धि आचार्य ‘बेस्ट टेलिकम एक्स्पर्ट इन नेपाल’ बाट सम्मानित

बिजमाण्डू
२०८० असोज १७ गते १३:०४ | Oct 4, 2023
नेपाल टेलिकमका पूर्व प्रबन्ध निर्देशक बुद्धि आचार्य ‘बेस्ट टेलिकम एक्स्पर्ट इन नेपाल’ बाट सम्मानित
Photo: www.theblunttimes.in


काठमाडौं। नेपाल टेलिकमका पूर्व प्रबन्ध निर्देशक बुद्धिप्रसाद आचार्य ‘बेस्ट टेलिकम एक्स्पर्ट इन नेपाल’ बाट सम्मानित भएका छन्। भारतको जयपुरमा आयोजित फरएभर स्टर इन्डिया अवार्ड सिजन ४ मा आचार्यलाई नेपालको सर्वोत्कृष्ट टेलिकम विज्ञको रुपमा सम्मान गरिएको हो।

Tata
GBIME

इन्ट्रालाइफ र फरएभर लाइभ्सले आयोजना गरेको उक्त समारोहमा बलिउड नायिका मलाइका अरोरसहितका अन्य सेलिब्रेटीदेखि विभिन्न क्षेत्रका व्यक्तित्वहरुको सहभागीता थियो।

चार्टर्ड एकाउन्टेन्टसमेत रहेका आचार्यले नेपालको दूरसंचार क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउँदै आएको भन्दै सम्मान गरिएको छ। डिजिटल डिभाइडलाई न्यूनिकरण गर्दै दूरसंचार सेवामा समान पहुँच पुर्‍याउन आचार्य क्रियाशील छन्।