नेप्से २८.९२ अंकले घट्दा शुभम् पावरमा सकारात्मक सर्किट, १ अर्ब १५ करोडको कारोबार



बिजमाण्डू
२०८० भदौ २१ गते १५:५२ | Sep 7, 2023
नेप्से २८.९२ अंकले घट्दा शुभम् पावरमा सकारात्मक सर्किट,  १ अर्ब १५ करोडको कारोबार

काठमाडौं। सेयर बजार परिसूचक बिहिबार दोहोरो अंकले घट्दा शुभम् पावर लिमिटेडको सेयरमा सकारात्मक सर्किट लागेको छ। कम्पनीको सेयर मूल्य प्रतिकित्ता ६३ रुपैयाँले बढेको छ।

Tata
GBIME
Zonsen

नेप्से सूचक भने २८.९२ अंकले घटेको छ। सूचक १९३२ मा ओर्लिएको छ। लगानीकर्ताको खस्किँदो मनोबलले गर्दा पछिल्लो समय नेप्से निरन्तर घटिरहेको छ। चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक पछि लगानीकर्ता निराश छन्। 

भारतले १० वर्षमा नेपालको १० हजार मेगावाट बिजुली किन्नका लागि दीर्घकालीन सम्झौता स्वीकृत गर्दा समेत जलविद्युत क्षेत्रमा चमक देखिएको छैन। बिहिबार सबैभन्दा धेरै घट्ने समूह हाइड्रोपावर हो। यो उपसमूह साढे २ प्रतिशतले घटेको छ।

लकिङ पिरियड खुला भएको भनिएको लिबर्टी इनर्जी सबैभन्दा धेरै कारोबार हुने कम्पनी बनेको छ। सेयर मूल्यमा साढे ७ प्रतिशतको गिरावटले कारोबार ह्वात्तै बढेको हो। लिबर्टी इनर्जीको सेयर मूल्य प्रतिकित्ता १५२ रुपैयाँमा झरेको छ।

मंगलबारको तुलनामा कारोबार रकम भने बढेको छ। बिक्रेताको चापले कारोबार रकम एक अर्ब नाघेको हो। बिहिबार १ अर्ब १५ करोड रुपैयाँकव सेयर किनबेच भएको छ।