भारी वर्षाका कारण पहिरो खसेपछि सिद्धार्थ राजमार्गको बुटवल-पाल्पा खण्ड अवरुद्ध

बिजमाण्डू
२०८० साउन २३ गते ०८:२६ | Aug 8, 2023
भारी वर्षाका कारण पहिरो खसेपछि सिद्धार्थ राजमार्गको बुटवल-पाल्पा खण्ड अवरुद्ध
फाइल फोटो।


काठमाडौं। भारी वर्षाका कारण पहिरो खसेपछि सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल-पाल्पा खण्ड अवरुद्ध भएको छ। जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार पाल्पाको तिनाउ गाउँपालिका क्षेत्रमा माथिबाट लेदोसहित ठूलो पहिरो खसेपछि आज बिहानैदेखि राजमार्ग अवरुद्ध भएको हो।

Tata
GBIME

कार्यालयले यस ठाँउमा ठूलाठूला ढुंगाहरू सडकमा झरेकाले सडक अवरुद्ध भएको जनाएको छ। कार्यालयका अनुसार सडक सकेसम्म चाडो खुलाउने तयारी भइरहेको छ।

लेदोसहित ठूलाठूला ढुंगाहरू पनि भएकाले पहिरो पन्छाउन समय लाग्‍ने कार्यालयले जानकारी दिएको छ। पहिरो झरेपछि पाल्पा हुँदै बुटवलतर्फ आउने र बुटवलबाट पाल्पा हुँदै विभिन्‍न जिल्ला जाने सवारी साधनहरु बीचमै रोकिएका छन्।