बागमतीमा गत आर्थिक वर्ष १८ करोड बढीको भन्सारजन्य सामान प्रहरीद्वारा बरामद, ८० जना पक्राउ



बिजमाण्डू
२०८० साउन २१ गते ०७:३१ | Aug 6, 2023
बागमतीमा गत आर्थिक वर्ष १८ करोड बढीको भन्सारजन्य सामान प्रहरीद्वारा बरामद, ८० जना पक्राउ

काठमाडौं। बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले गत आर्थिक वर्ष २०७९/८० मा १८ करोड रुपैयाँभन्दा बढीको भन्सारजन्य सामग्री बरामद भएको जनाएको छ।

Tata
GBIME
Zonsen

प्रदेशका १० जिल्लामा विभिन्न सामग्री नियन्त्रण गरी १८ करोड १० लाख १५ हजार ७३१ रुपैयाँ बराबरको भन्सारजन्य सामग्रीसँगै ८० जनालाई पक्राउ गरिएको बागमती प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक एवं सूचना अधिकारी दीपक रेग्मीले बताए।

बागमती प्रदेशभरिमा सबैभन्दा बढी चितवनबाट एक करोड २६ लाख ९६० रुपैयाँ बराबरको ७४६ ग्राम सुन, ३८१ क्युफिट अवैध काठबाट १३ लाख ४१ हजार ४७१ रुपैयाँ र अवैध अन्य सामग्रीबाट करिब पाँच करोड ४४ लाख २२ हजार ३८३ गरी ६ करोड ८३ लाख ६४ हजार ८१५  रुपैयाँ बराबरको भन्सारजन्य सामग्री बरामद भएको र १९ जना पक्राउ भएको रेग्मीले बताए।

यस्तै मकवानपुरबाट गत आर्थिक वर्षमा एक करोड १७ लाख ८५ हजार २४४ बराबरको २८४ ग्राम सुनसँगै तीन करोड ९८ लाख ८४ हजार २७९ रुपैयाँ बराबरको अन्य अवैध सामग्री र तीन लाख ४७ हजार २३० रुपैयाँ बराबरको १०५ क्युफिट काठ बरामद गरी जम्मा पाँच करोड ३८ लाख १५ हजार २५४ बराबरको भन्सारजन्य सामग्री बरामदसँगै दश जनालाई पक्राउ गरिएको छ।

यस्तै सिन्धुलीबाट एक करोड ५७ हजार ३०९ रुपैयाँ बराबरको सामानसहित ६ जनालाई पक्राउ गरिएको छ। काभ्रे जिल्लाबाट अवैध सामग्रीबाट ९३ लाख ९३ हजार ९४६ र ३० क्युफिट काठ बरामदमार्फत ५७ हजार ५०० रुपैयाँ गरी ९४ लाख ५१ हजार ४०४ रुपैयाँ बराबरको भन्सारजन्य सामग्री बरामदसहित आठ जनालाई नियन्त्रणमा लिइएको रेग्मीले बताए।

यस्तै सिन्धुपाल्चोकबाट १७३ क्युफिट काठ बरामदबाट दुई लाख ७९ हजार २७५ रुपैयाँ बराबरको भन्सारजन्य सामग्री बरामदसहित १३ जना पक्राउ परेका छन् भने नुवाकोटबाट ३८४ क्युफिट काठ बरामदबाट चार लाख ६२ हजार ५० रुपैयाँ बराबरको भन्सारजन्य सामग्री बरामदसहित ९ जनालाई पक्राउ गरिएको छ।

धादिङबाट अवैध सामग्री बरामदबाट दुई करोड २१ लाख सात हजार ८५८ रुपैयाँ र ४२९ क्युफिट काठ बरामदबाट तीन लाख ९८ हजार रुपैयाँ गरी दुई करोड २५ लाख पाँच हजार ८५८ रुपैयाँ बराबरको भन्सारजन्य सामग्री बरामदसहित ९ जना पक्राउ गरिएको छ। उता रसुवाबाट २६० ग्राम चाँदी बरामदबाट ६ लाख १८ हजार ९०२, अन्य अवैध सामग्री बरामदबाट एक करोड ४९ लाख ४१ हजार २३० रूपैयाँ गरी एक करोड ५५ लाख ६० हजार १३२ रुपैयाँ बराबरको सामग्री बरामदसहित ६ जनालाई पक्राउ गरिएको रेग्मीले बताए।

गत आर्थिक वर्षमा रामेछाप र दोलखामा भन्सार छली गरी ल्याइएका सामानहरू कुनै पनि पक्राउ नभएको उनले बताए। रासस