पारो-काठमाडौं-दिल्ली उडान सेप्टेम्बरदेखि, रोयल भुटान एयरलाइन्सले सातामा ४ उडान गर्ने

बिजमाण्डू
२०८० साउन १९ गते १०:५२ | Aug 4, 2023
पारो-काठमाडौं-दिल्ली उडान सेप्टेम्बरदेखि, रोयल भुटान एयरलाइन्सले सातामा ४ उडान गर्ने
रोयल भुटान एयरलाइन्सको जहाज। तस्वीर: एयरलाइन्सको वेबसाइट


काठमाडौं। भुटानको ध्वजावाहक वायुसेवा कम्पनी रोयल भुटान एयरलाइन्सले आगामी सेप्‍टेम्बरबाट पारो-काठमाडौं-दिल्ली पुनः उडान गर्ने भएको छ। सातामा ४ वटा उडान गर्ने योजना रहेको आधिकारिक जेनरल सेल्स एजेन्ट सोसाइटी इन्टरनेसनलले जनाएको छ।

Tata
GBIME

‘फिफ्थ फ्रिडम फ्लाइटअन्तर्गत उडान पुनः सुरु गर्न लागेका हौँ। केही दिनमै हामी टिकट बुकिङ सुरु गर्ने योजनामा छौँ’, कम्पनीका एक प्रतिनिधिले भने।

एयरलाइन्सले कोभिडअघि पनि यो रुटमा सातामा ४ उडान गर्दै आएको थियो। कोभिडका कारण रोकिएको उडान यात्रुको मागका कारण पुन: सुरु गर्न लागेको कम्पनीले जनाएको छ।