सोल्टी होटलले भगवान कोइरालाको बाल अस्पताललाई गर्‍यो सहयोग, पूर्वाधार र उपकरणमा खर्चिने

बिजमाण्डू
२०८० साउन ८ गते १७:२४ | Jul 24, 2023
सोल्टी होटलले भगवान कोइरालाको बाल अस्पताललाई गर्‍यो सहयोग, पूर्वाधार र उपकरणमा खर्चिने

काठमाडौं। सोल्टी होटलले डा भगवान कोइरालाले स्थापना गरेको बाल अस्पतालको लागि २५ लाख रुपैयाँ सहयोग गरेको छ। संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सोल्टी होटलले काठमाडौं इन्स्टिच्युट अफ चाईल्ड हेल्थलाई २५ लाख रुपैयाँ हस्तान्तरण गरेको हो।

Tata
GBIME
NLIC

होटलका उपाध्यक्ष सुर्दशन चापागाईँले अस्पतालका संस्थापक डा. भगवान कोइरालालाई उक्त रकम हस्तान्तरण गरेका हुन्। होटलले हस्तान्तरण गरेको यो रकम दमकमा बनिरहेको दमक स्याटेलाइट बाल अस्पतालको पूर्वाधार बिस्तारमा प्रयोग गरिने जनाइएको छ।

अस्पतालको भौतिक पूर्वाधार तथा स्वास्थ्यसम्बन्धी आवश्यक उपकरण किन्न यो रकम खर्चने होटलले जनाएको छ।

होटल र हस्पिटलको यो सहकार्यले बालबालिकाको स्वास्थ्य उपचारमा थप टेवा पुग्ने उद्देश्यले यो सहयोग गरिएको होटलले जनाएको छ।

उक्त इन्स्टिच्युटले बालबालिकामा हुने जटिल र गम्भीर रोगको उपचार सहज र सुलभ गराउनका लागि बाल स्वास्थ्य उपचारमा योगदान दिँदै आएको जनाइएको छ।

यस अघि बुढानिलकण्ठस्थित हेपाली हाइटमा अत्याधुनिक बाल अस्पताल निर्माणको लागि सोल्टी होटलले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत पच्चीस लाख रुपैंया सहयोग गरिसकेको जनाएको छ।

इन्स्टिच्युटले काठमाडौं र दमकमा संस्थापित हुने बाल अस्पतालका अतिरिक्त देशका सातै प्रदेशमा स्याटलाइट बाल अस्पताल विस्तार गर्ने योजना बनाएको छ।