एक वर्षमा १६ खर्ब ११ अर्ब रुपैयाँको आयात, अघिल्लो वर्षभन्दा १६ प्रतिशतले घट्यो

बिजमाण्डू
२०८० साउन ८ गते १५:०७ | Jul 24, 2023
एक वर्षमा १६ खर्ब ११ अर्ब रुपैयाँको आयात, अघिल्लो वर्षभन्दा १६ प्रतिशतले घट्यो


काठमाडौं। सरकारले गरेको कडाइसँगै आयात उच्च दरले घटेको छ। भन्सार विभागले सोमबार सार्वजनिक गरेको विवरण अनुसार गत आर्थिक वर्ष कुल आयात १६.०८ प्रतिशतले घटेको हो।

Tata
GBIME

आयातभन्दा बढी निर्यात दर घटेको छ। निर्यात २१.४४ प्रतिशतले घटेको छ।

आर्थिक वर्ष २०७८/७९ मा कुल आयात १९ खर्ब २० अर्ब रुपैयाँको भएकोमा गत आर्थिक वर्ष २०७९/८० मा १६ खर्ब ११ अर्बमा झरेको छ।

२ खर्ब रुपैयाँ पुगेको निर्यात एक खर्ब ५७ अर्बमा आएको छ। कुल व्यापार घाटा साढे १५ प्रतिशतले घटेको छ।