एक अर्बको सुनमा सुराकी दिनेको भागमा १० करोड, चालु वर्षकै बजेटबाट कमिसनमा नयाँ नियम

बिजमाण्डू
२०८० साउन ४ गते ०९:४७ | Jul 20, 2023
एक अर्बको सुनमा सुराकी दिनेको भागमा १० करोड, चालु वर्षकै बजेटबाट कमिसनमा नयाँ नियम


काठमाडौं। हिजो त्रिभुवन विमानस्थल बाहिरबाट राजस्व अनुसन्धान विभागले समाएको सुनको सुराकी दिनेले १० करोड रुपैयाँ पाउने भएका छन्। एक अर्बभन्दा बढी मूल्यको सुन भएको प्रारम्भिक अनुमान अनुसार सुराकी दिनेले उक्त रकम पाउने देखिएको हो।

Tata
GBIME
Nepal Life

सुराकीको माध्यमबाट सुन समातिएको हो। सुराकीको सूचनाका आधारमा सुन समातिएकाहरुले कमिसन पाउँछन्। त्यो रकम निकै ठूलो हुनेछ।

पहिले १० लाख रुपैयाँ कमिसन पाउँथे। चालु आर्थिक वर्षको बजेटबाट त्यो व्यवस्थालाई संशोधन गरेर पक्राउ परेको सामानको १० प्रतिशत पाउने व्यवस्था गरिएको छ। त्यसो हुँदा सुराकीले करिब १० करोड रुपैयाँ पाउने छन्।

भन्सार विभागका महानिर्देशक शोभाकान्त पौडेलका अनुसार गत वर्षसम्म सुराकीमा समातिएको सामानमा १० लाख रुपैयाँसम्म दिने व्यवस्था थियो। यसपालिको बजेटबाट १० प्रतिशत बनाइएको हो।

‘पैसा कम हुँदा सूचना कम आयो। त्यही भएर हामीले यसपटकबाट सुराकी रकम बढाएका थियौं,’ उनले भने।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्गो बाहिरबाट हालसम्मकै ठूलो परिमाणमा सुन बरामद भएको थियो। सुन हङकङबाट नेपाल ल्याइएको थियो।