बिक्री बढ्दा एसियन पेन्ट्स नेपालको व्यापार ४७% ले उकालो, एकैवर्ष कारोबार करिब ११ अर्ब

बिजमाण्डू
२०८० असार ३ गते १८:३६ | Jun 18, 2023
बिक्री बढ्दा एसियन पेन्ट्स नेपालको व्यापार ४७% ले उकालो, एकैवर्ष कारोबार करिब ११ अर्ब


काठमाडौं। बिक्री बढ्दा एसियन पेन्ट्स (नेपाल) ले एकैवर्ष करिब ११ अर्ब रुपैयाँको व्यापार गरेको छ। रेटिङ एजेन्सी इक्रा नेपालका अनुसार सन् २०२१/२२ मा कम्पनीले १० अर्ब ७५ करोड ५० लाख रुपैयाँको कारोबार गरेको छ।

Tata
GBIME
NLIC

यो २०२०/२१ को तुलनामा ३ अर्ब रुपैयाँभन्दा बढी हो। २०२०/२१ मा कम्पनीले ७ अर्ब ३० करोड ३० लाख रुपैयाँको कारोबार गरेको थियो। कम्पनीले २०१९/२० मा ५ अर्ब ३१ करोड र २०१८/१९ मा ६ अर्ब १६ करोड ७० लाख रुपैयाँको व्यापार गरेको थियो।

कम्पनीसँग अनुमति प्राप्त उत्पादन क्षमता दैनिक १० लाख ८ सय टन छ। २०२१ मेमा दैनिन क्षमता जम्मा ५० हजार टन थियो। कम्पनी एसियन पेन्ट्स लिमिटेड अफ इन्डियाको सब्सिडायरी हो। एसियन पेन्ट्स (नेपाल) मा भारतको एसियन पेन्ट्सको ५३ प्रतिशत सेयर स्वामित्व छ। भारतकै रवि एसोसिएट्सको ९ प्रतिशत र बाँकी ३८ प्रतिशत २६ जना सेयरधनीहरुको छ। हेटौंडा औद्योगिक क्षेत्रमा फ्याक्ट्री रहेको एसियन पेन्ट्सले विभिन्न रंगहरु सिमेन्ट, इमल्सन, डिस्टेम्पर, प्राइम अन्डरकोटलगायत ४४ ब्राण्डमा बिक्री गर्छ।

कम्पनीले २०२१/२२ मा क्रोम प्लेटेड बाथरुम फिटिङ्सको एसेम्बी प्लान्ट लगाएको थियो।

कम्पनीले १ अर्ब ५० करोड रुपैयाँ अल्पकालीन कर्जाका लागि इक्रा नेपालबाट एवान प्लस रेटिङ पुन:पुष्टि गराएको छ।