अमेरिकी राजदूत बन्न लबिइङ गरेका मुख्य सचिव शंकरदास बैरागी सुरक्षा सल्लाहकार नियुक्त

बिजमाण्डू
२०८० जेठ ३२ गते १०:३८ | Jun 15, 2023
अमेरिकी राजदूत बन्न लबिइङ गरेका मुख्य सचिव शंकरदास बैरागी सुरक्षा सल्लाहकार नियुक्त

काठमाडौं। सरकारले मुख्य सचिव शंकरदास बैरागीलाई राष्ट्रिय सुरक्षा सल्लाहकारमा नियुक्त गरेको छ।

Tata
GBIME

अमेरिकी राजदूत बन्न निरन्तर प्रयास गरिरहेका बैरागीलाई सरकारले सुरक्षा सल्लाहकार बनाएको छ। उनलाई मुख्य सचिवबाट बढुवा हुने गरी सुरक्षा सल्लाहकार नियुक्त गरिएको हो।

बिहीबार बिहान बसेको मन्त्रीपरिषद्‍ बैठकले बैरागीलाई सुरक्षा सल्लाहकार नियुक्त गरेको थियो।

बैरागी सुरक्षा सल्लाहकार बन्दा मुख्य सचिवमा प्रधानमन्त्री कार्यालयका सचिव डा. बैकुण्ठ अर्याललाई नियुक्त गरिएको छ।