प्रभु बैंकलाई लक्जेम्बर्गबाट ऋण प्राप्त, विद्युतीय सवारीमा लगानी गर्न सवा ६६ करोड प्राप्त

बिजमाण्डू
२०८० जेठ २२ गते ०८:३५ | Jun 5, 2023
प्रभु बैंकलाई लक्जेम्बर्गबाट ऋण प्राप्त,  विद्युतीय सवारीमा लगानी गर्न सवा ६६ करोड प्राप्त

काठमाडौं। प्रभु बैंकले युरोपको एक बैंकबाट ५० लाख डलर अर्थात ६६ करोड २७ लाख रुपैयाँ प्राप्त गरेको छ।

Tata
GBIME
Nepal Life

बैंकले ऋण सुविधा बापत लक्जेम्बर्गको ‘एमएसएमई इन्टरप्राइजेज बन्ड एस ए’ बाट सवा ६६ करोड रुपैयाँ प्राप्त गरेको हो। 

विश्व वातावरण दिवसमा हरित लगानी अन्तर्गत विद्युतीय सवारीसाधनहरूमा लगानी गर्न ऋण पाएको हो। चार वर्ष अवधिका लागि बैंकले ऋण प्राप्त गरेको प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले जानकारी दिए।

जलवायु परिवर्तनले आक्रान्त वाश्व, यसको प्रभावबाट मुक्ति पाउन प्रयासरत छ। बैंकलाई प्राप्त रकम सार्वजनिक यातायात र व्यक्तिगत प्रयोजनका लागि प्रयोग हुने विद्युतीय सवारीसाधनहरू खरिद तथा आयातका लागि सहज रुपमा उपलब्ध गराइने उनले बताए। 

बैंकले वैकल्पिक ऊर्जा तथा एमएसएमई व्यवसाय प्रवर्द्धनका लागि अन्य अन्तर्राष्ट्रिय संस्थाहरुसँग पनि सहकार्यका लागि पहल गरिरहेको छ। ‘निकट भविष्यमै हाम्रा पहलले सार्थकता पाउने विश्वास छ,’ शेरचनले भने।