पेट्रोलियम आयातका लागि ९ महिनामा साढे २ खर्ब बाहिरियो, कुन कति भयो आयात ?

बिजमाण्डू
२०८० जेठ १० गते ११:१४ | May 24, 2023
पेट्रोलियम आयातका लागि ९ महिनामा साढे २ खर्ब बाहिरियो, कुन कति भयो आयात ?

काठमाडौं। चालु आर्थिक वर्षको ९ महिनामा पेट्रोलियम पदार्थ आयातमा मात्रै २ खर्ब ४८ अर्ब ८४ करोड रुपैयाँ बाहिरिएको छ।

Tata
GBIME
Nepal Life

भन्सार विभागका अनुसार चालु आवको ९ महिनाको अवधिमा ग्यास, पेट्रोल, हवाई इन्धन, मट्टितेल र डिजलको आयातमा मात्रै २ खर्ब ४८ अर्ब ८४ करोड रुपैयाँ देशबाट बाहिरिएको हो।

यसबाट सरकारले ८४ अर्ब २३ करोड ५७ लाख रुपैयाँ भन्सार शुल्क संकलन गरेको विभागले जनाएको छ।

विभागका अनुसार ९ महिनामा कुल १ खर्ब २५ अर्ब ३६ करोड ३९ लाख बराबरको डिजलमात्र आयात भएको छ। यसबाट सरकारले ४३ अर्ब ४० करोड ८४ लाख बराबरको भन्सार शुल्क मात्र संकलन गरेको छ।

यो अवधिमा ५५ अर्ब ७९ करोड २५ लाख बराबरको पेट्रोल नेपाल आयात भएको छ। यसबाट सरकारले ३० अर्ब २१ करोड बराबरको भन्सार शुल्क संकलन गरेको छ।

डिजल १० लाख ८६ हजार २३० किलोलिटर र पेट्रोल ५ लाख ५९ हजार ६८ किलोलिटर आयात भएको छ।

यो अवधिमा ४९ अर्ब ७२ करोड बराबरको ४२ करोड ८६ लाख ८२ हजार २६८ केजी ग्यास आयात भएको छ। यसबाट सरकारले लगभग ९ अर्ब २७ करोड रुपैयाँ भन्सार शुल्क संकलन गरेको छ।

हवाई इन्धन यो अवधिमा १७ अर्ब ६० करोड ८९ लाख रुपैयाँ बराबरको ५ लाख ९४ हजार ७३७ किलोलिटर आयात भएको छ। यसबाट सरकारले लगभग १ अर्ब ३३ करोड भन्सार शुल्क संकलन गरेको छ।