तीनकुनेमा थपियो रेस्टुरेन्ट, व्यञ्जन हाउस गर्दैछ छुट्टै भान्सा राखेर रैथाने परिकार प्रवर्द्धन

बिजमाण्डू
२०७९ चैत्र २५ गते १६:१७ | Apr 8, 2023
तीनकुनेमा थपियो रेस्टुरेन्ट, व्यञ्जन हाउस गर्दैछ छुट्टै भान्सा राखेर रैथाने परिकार प्रवर्द्धन

काठमाडौं। राजधानीको तीनकुने क्षेत्रमा नयाँ अवधारणासहितको रेष्टुरेन्ट थपिएको छ। चार करोड रुपैयाँको लागतमा व्यञ्जन हाउस रेस्टुरेन्ट सञ्चालनमा आएको हो। यसको विशेषता खास-खास परिकारका लागि छुट्टाछुट्टै भान्सा छन्।

Tata
GBIME
Nepal Life

बिजनेसमा सम्भावना देखेकाले समूह बनाएर लगानी गरेको सञ्चालक लक्ष्मण खड्काले बताए।

‘व्यञ्जनले नेपाली रैथाने परिकार प्रवर्द्धन गर्ने छ,’ उनले भने, ‘व्यञ्जन भन्नेबित्तिकै परिकारको झल्को आउँछ। हामीले कन्टिनेन्टल परिकारको पनि मेनु राखेका छौं। तर हामी विशेषगरी हाम्रै रैथाने परिकारलाई बढी प्राथमिकता दिन्छौं।’

पौने ३ रोपनी क्षेत्रफलमा निर्मित रेस्टुरेन्टले नौलो सेवा दिने उद्देश्य रहेको उनले बताए। ३५० जना क्षमताको रेस्टुरेन्टमा ५० जना क्षमताको सेमिनार हल र ५०० सय क्षमताको पार्टी इभेन्ट गर्न साकिने उनले जानकारी दिए।

१० वटा गाडी र ३० वटा दुई पाङ्ग्रे सवारी पार्किङ क्षमताको रेस्टुरेण्ट तीनकुने करिडोरमा भएका कारण सबैलाई पायक पर्ने उनले बताए।

उनका अनुसार खानाको हिसाबले रेस्टुरेन्टले सबै उमेर समूहका लागि सबै किसिमको परिकार मेनुमा समावेश गरेको छ।
रेस्टुरेन्टको आकर्षक मेनुमा भट्टीमा बनाएको सेकुवा र व्यन्जन थकाली खाना छ।

नेपाली रैथाने परिकार प्रवर्द्धन गर्ने उद्देश्यले छुट्टै भान्सा कक्ष छ। उनका अनुसार रेस्टुरेन्टमा फास्टफुड, सेकुवा लगायतका लागि छुट्टाछुट्टै भान्सा कक्ष छ।

रेस्टुरेन्टमा नेपालीसँगै चिनियाँ, इटालियन, बेकरी लगायत मल्टी कुजिन परिकारको सेवा रहेको महाप्रबन्धक दीपेन्द्र प्रधानांगले बताए। रेष्टुरेन्टको मेनुमा न्यूनतम २ सय रुपैयाँदेखिको परिकार छन्। रेस्टुरेन्टले नयाँ वर्ष २०८० लाई मध्यनजर गर्दै आउदो बिहीबार र शुक्रबार सेवामा १५ प्रतिशत छुटको योजना ल्याएको उनले बताए।

रेस्टुरेन्टमा लक्षमण खड्कासँगै शैलेन्द्र खड्का, निराजन कार्की र पुष्करराज कार्कीको संयुक्त लगानी छ।