
काठमाडौं। युरोपियन युनियन (ईयु) ले सन् २०३५ बाट इन्धन सवारी बिक्री तथा उत्पादनमा रोक लगाउन गरेको निर्णयमा जर्मनीले पनि सहमति जनाएको छ।
शुक्रबार जर्मनी र युरोपियन युनियनसँग यसै विषयमा सम्झौता भएको छ। यो सम्झौताले अब सन् २०३५ देखि युरोपमा इन्धन सवारीसाधानको उत्पादन तथा बिक्री वितरण गर्न पाइने छैन।
यी देशहरुले शुन्य कार्वन उत्सर्जनको लागि यस्तो निति लिएका हुन्।
केही समय अगाडि ईयु सांसदहरूले सन् २०३५ सम्म ब्लकमा नयाँ इन्धन इन्जिन कारहरूको बिक्रीमा प्रतिबन्ध लगाउन मतदान गरेका थिए। त्यसपछि फेब्रुअरीमा युरोपेली संसदले कानूनलाई अनुमोदन गरेका थिए। यसले जलवायुको क्षेत्रमा काम गर्न लागि ऐतिहासिक कदम रहेको वातावरण विज्ञहरुको भनाइ छ।
त्यसपछि जर्मनीले पनि आफ्नो सोच परिवर्तन गरेको हो। जर्मनी ईयुले यो कदमलाई अनुमोदन गर्दा सहमत थिएन। तर अन्तत जर्मन सरकारले सन् २०३५ समयसीमा तोकेर इन्धन इन्जिन कारहरूको बिक्रीलाई त्यसपछि बिक्री र उत्पादनमा अनुमति नदिने निर्णय गर्यो।