BIZMANDU
www.bizmandu.com

अब जर्मनीले पनि २०३५ बाट इन्धन सवारीको उत्पादन र बिक्रीमा रोक लगाउने

२०७९ चैत्र १२

अब जर्मनीले पनि २०३५ बाट इन्धन सवारीको उत्पादन र बिक्रीमा रोक लगाउने
(230303) -- GUANGZHOU, March 3, 2023 (Xinhua) -- This photo taken on Feb. 24, 2023 shows the assembly line of GAC Aion, an NEV subsidiary of Guangzhou Automobile Group Co., Ltd. (GAC Group), in Guangzhou, south China's Guangdong Province. Guangzhou, one of China's major car manufacturing bases, has been striving to attract investment in NEV industry in recent years. (Xinhua/Deng Hua)

काठमाडौं। युरोपियन युनियन (ईयु) ले सन् २०३५ बाट इन्धन सवारी बिक्री तथा उत्पादनमा रोक लगाउन गरेको निर्णयमा जर्मनीले पनि सहमति जनाएको छ।

Tata
GBIME
Nepal Life

शुक्रबार जर्मनी र युरोपियन युनियनसँग यसै विषयमा सम्झौता भएको छ। यो सम्झौताले अब सन् २०३५ देखि युरोपमा इन्धन सवारीसाधानको उत्पादन तथा बिक्री वितरण गर्न पाइने छैन।

यी देशहरुले शुन्य कार्वन उत्सर्जनको लागि यस्तो निति लिएका हुन्।

केही समय अगाडि ईयु सांसदहरूले सन् २०३५ सम्म ब्लकमा नयाँ इन्धन इन्जिन कारहरूको बिक्रीमा प्रतिबन्ध लगाउन मतदान गरेका थिए। त्यसपछि फेब्रुअरीमा युरोपेली संसदले कानूनलाई अनुमोदन गरेका थिए। यसले जलवायुको क्षेत्रमा काम गर्न लागि ऐतिहासिक कदम रहेको वातावरण विज्ञहरुको भनाइ छ।

त्यसपछि जर्मनीले पनि आफ्नो सोच परिवर्तन गरेको हो। जर्मनी ईयुले यो कदमलाई अनुमोदन गर्दा सहमत थिएन। तर अन्तत जर्मन सरकारले सन् २०३५ समयसीमा तोकेर इन्धन इन्जिन कारहरूको बिक्रीलाई त्यसपछि बिक्री र उत्पादनमा अनुमति नदिने निर्णय गर्‍यो।