जहाज संख्या विस्तारसँगै एयर इन्डियाले कर्मचारी थप्दै, ९०० जना पाइलट भर्ती गर्दै   

बिजमाण्डू
२०७९ फागुन १५ गते १०:५८ | Feb 27, 2023
जहाज संख्या विस्तारसँगै एयर इन्डियाले कर्मचारी थप्दै, ९०० जना पाइलट भर्ती गर्दै   


काठमाडौं। जहाज संख्या विस्तारसँगै भारतको ध्वजावाहक कम्पनी एयर इण्डियाले उल्लेख्य संख्यामा पाइलट भर्ती लिने भएको छ। पाँच सय थान जहाज खरिद प्रक्रिया अगाडि बढाइसकेको कम्पनीले नौ सय जना पाइलट र चालक दलमा ४ हजार २ सय जना भर्ती गर्ने भएको हो।

Tata
GBIME
NLIC

१ हजार ९ सय जना क्याविन क्रु कार्यरत कम्पनीले एक हजार जनालाई तालिममा पठाइसकेको जनाएको छ।     

‘क्याविन क्रुलाई १५ हप्ताको तालिममा पठाइएको छ। टाटा समूहको संस्कृति सहितको हस्पिटालिटी केन्द्रित तालिम दिइनेछ,’ कम्पनीले जारी गरेको विवरणमा उल्लेख गरिएको छ। व्यवसायिक योजना अनुसारको यो प्रक्रियाले नयाँ जनशक्ति आगमनसँगै सेवा थप चुस्त हुँदै जाने कम्पनीका इन्फ्लाइट सर्भिस हेड सन्दीप वर्माले बताएका छन्।

अबको एक दशकपछि कम्पनीले ४ सय ७० वटा बोइङ र एयरबस कम्पनीको जहाज खरिद गरे सेवा संचालनको योजना बनाएको छ। जहाज थप्न टाटा समूहले ७० अर्ब अमेरिकी डलर खर्च गर्ने योजना बनाएको छ।

कम्पनीले व्यावसायिक योजना अनुसार ठूला सिरिजका जहाज विस्तार गर्दै लामो र छोटो दुरीमा उडान गर्ने जनाएको छ।आफूसँग भएका वाइडबडी जहाजको मर्मत सम्भारसँगै कम्पनीले आन्तरिक सेवाका लागि ४० करोड अमेरिकी डलर खर्च गरिसकेको छ।