ठेक्का लिएर काम नगर्ने ५ निर्माण कम्पनी कालोसूचीमा, २ वर्ष खरिद प्रक्रियामा सहभागितामा रोक

बिजमाण्डू
२०७९ फागुन ८ गते १०:५३ | Feb 20, 2023
ठेक्का लिएर काम नगर्ने ५ निर्माण कम्पनी कालोसूचीमा, २ वर्ष खरिद प्रक्रियामा सहभागितामा रोक

काठमाडौं। सार्वजनिक खरिद अनुगमन कार्यालयले ठेक्का लिने तर काम नगर्ने ५ वटा निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ।

Tata
GBIME
Nepal Life

कार्यालयले सोमबार सूचना जारी गर्दै विभिन्न सार्वजनिक निकायहरुले कालोसूचीमा राख्‍न गरेको सिफारिसका आधारमा ५ कम्पनीलाई कालोसूचीमा राखिएको जनाएको छ।

कालोसूचीमा राखिएका कम्पनीहरुमा इन्जिनियर्स कन्स्ट्रक्सन एण्ड माइन्ड क्राफ्ट, मुडभरी एण्ड जोशी कन्स्ट्रक्सन, गुण निर्माण सेवा, जय गढीमाई निर्माण कन्स्ट्रक्सन र कल्पना कन्स्ट्रक्सन छन्।

यी निर्माण कम्पनीहरुले २ वर्षसम्म सार्वजनिक खरिद कार्यमा सहभागिता जनाउन नपाउने कार्यालयले जनाएको छ।