बजार निरन्तर घट्दा लगानीकर्ता निष्क्रिय, राष्ट्रपतिको चुनाव अघि ‘पर्ख र हेर’को अवस्थामा



२०७९ फागुन ३ गते १५:४१
बजार निरन्तर घट्दा लगानीकर्ता निष्क्रिय, राष्ट्रपतिको चुनाव अघि ‘पर्ख र हेर’को अवस्थामा


काठमाडौं। यो साताको तीन कारोबार दिन नेप्से परिसूचक ९१.०५ अंकले घटिसकेको छ। यसरी बजार फराकिलो अंकले घट्न थालेपछि आत्तिएका लगानीकर्ता निष्क्रिय बस्न थालेका छन्।

TATA
GBIME

कारोबारको आकार र सक्रियताको अवस्थाले त्यही देखाएको छ। पुँजी बजारमा बुधबार नेप्से परिसूचक नेगेटिभ देखिए पनि बिक्री चाप खासै रहेन। बजार घटे पनि कारोबार खासै छैन। अर्थात बजार घट्दा आत्तिएर सेयर बेच्नेहरु पनि सक्रिया देखिएनन्।

बजार घटेकै समयमा सरकार र दलहरुको ध्यान राष्ट्रपति निर्वाचनमा छ। राष्ट्रपति विद्यादेवी भण्डारीको फागुन २८ र उपराष्ट्रपति नन्दबहादुर पुनको पदावधि चैत ३ मा सकिँदैछ। त्यसअघि फागुन २५ मा निर्वाचनको तयारी छ। पुँजी बजारका लगानीकर्ताले पनि यसलाई हेरेर खरिदबिक्री कारोबार नबढाउने संकेत देखिएको छ।

आज नेप्से परिसूचक दोहोरो अंकले घटेर २१०० बिन्दु तल आइपुगेको छ। नेप्से परिसूचक १३.९० अंकले घटेर २०९१.५६ बिन्दुमा झरेको हो। यस्तै सेन्सेटिभ पनि १.६६ अंकले घटेको छ।

यस्तै दिनभरको कारोबार अवधिमा १ अर्ब ७३ करोड माथिको सेयर किनबेच भएको छ। मंगलबार पनि १ अर्ब ७८ करोड बराबरको सेयर किनबेच भएको थियो।

कारोबारको आधारमा बुधबार अपि पावर कम्पनी अग्र स्थानमा छ। कम्पनीको ६ करोड २० लाखमाथिको सेयर कारोबार भएको हो। यो कम्पनीले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाइ कुल ७.८९ प्रतिशत लाभांश वितरण गर्दै छ। उक्त लाभांशका लागि बिहीबार बुक क्लोज मिति तोकेको छ। तसर्थ आजसम्म कायम सेयरधनीले मात्र सो लाभांश पाउँछन्। त्यसैले यो कम्पनीको कारोबार बढेको हो।

यस्तै आज पनि युनिलिभरको सेयर मूल्य सर्वाधिक बढेको छ। बुधबार एकैदिन यस कम्पनीको सेयर मूल्य प्रति कित्ता १ हजार ७३१ रुपैयाँ बढेको हो। यो कम्पनीले चालु आर्थिक वर्षको पुस मसान्तसम्मको वित्तीय विवरणमा अपरिष्कृत नाफा सार्वजनिक गरेपछि खरिदकर्ताको आकर्षकण बढेको हो।

मूल्यमा उछाल आए पनि दिनभरको कारोबार अवधिमा यो कम्पनीको ७०७ कित्ता सेयर मात्र किनबेच भएको छ।


Sunrise Bank