
काठमाडौं। रेनोको नयाँ काइगर २०२३ मोडल केही दिनमा सार्वजनिक हुने भएको छ। रेनोको नेपालका लागि आधिकारिक बिक्रेता एड्भान्स अटो मोबाइल प्रालिले काइगरको नयाँ मोडल बजारमा छिटै भित्र्याउने तयारी रहेको जनाएको छ।
नयाँ गाडी ल्याउने पक्कापक्की भएकाले बिक्रेता कम्पनीले ग्राहकका लागि त्यसको बुकिङ पनि खुला गरिसकेको छ। यो गाडीको नेपाल र भारतमा एकै पटक बुकिङ खुला गरिएको हो।
नयाँ काइगर युरो-६ मापदन्डमा आधारित छ। भारतमा युरो-६ को फेज-२ लागु हुनु अगावै रेनोले यो एसयुभीलाई नयाँ इन्जिनमा निर्माण गरेको छ। यो एसयूभीको इन्जिनलाई रियल ड्राइभिङ इमिसन प्रविधिमा अपडेट गरिएको कम्पनीले जनाएको छ।
नयाँ काइगरमा इलक्ट्रोनिक स्ट्याविलिटी प्रोग्राम (इएसपी), हिल स्टार्ट एसिस्ट, ट्रयाक्सन कन्ट्रोल सिस्टम र टायर प्रेसर मोनिटरिङ सिस्टम पाउनेछन्।
यो गाडीले ग्लोबल एनक्याप परीक्षणमा ४ स्टार पाएको छ। यो परीक्षण गाडी कतिको सुरक्षित छ भनेर रेटिङ प्रदान गर्न गरिन्छ।