अग्निले ल्यायो इलेक्ट्रिक थ्री-ह्‍विलर अटो ‘ट्रियो र यारी,’ नगद छुटसहित एक्सचेन्ज मेला

बिजमाण्डू
२०७९ माघ २४ गते १७:२८ | Feb 7, 2023
अग्निले ल्यायो इलेक्ट्रिक थ्री-ह्‍विलर अटो ‘ट्रियो र यारी,’ नगद छुटसहित एक्सचेन्ज मेला

काठमाडौं। महिन्द्राका सवारीको नेपालका लागि आधिकारिक बिक्रेता अग्नि ग्रुपले इलेक्ट्रिक थ्री-ह्‍विलर अटो ‘ट्रियो र यारी’ मोडलको खरिदमा ४० हजारसम्मको नगद छुट मेला योजना ल्याएको छ।

Tata
GBIME
Nepal Life

अग्नि ग्रुपअन्तर्गतको सहायक कम्पनी अग्नि इनर्जी प्रालिले इलेक्ट्रिक थ्री-ह्‍विलर अटो ‘ट्रियो र यारी’ बिक्री बढाउन नगद छुट र एक्सचेन्ज मेला योजना ल्याएको जनाएको हो। 

कम्पनीले महिन्द्राको ३ नयाँ बिक्री केन्द्र दमक, भैरहवा र नेपालगंजमा पनि यो इलेक्ट्रिक थ्री-ह्‍विलर अटो ट्रियो र यारी को बिक्री सुरु गरेको छ। यसका साथै ग्राहकले नेपालका विभिन्न क्षेत्रका १२ वटा बिक्री केन्द्र जस्तै बिर्तामोड, विराटनगर, इटहरी, सिन्धुली, मलंगवा, हेटौंडा, नारायणघाट, बुटवल र सुर्खेत लगायतका महिन्द्रा शोरुमहरुमा यो योजना नगद छुट र एक्सचेन्ज मेलाका फाइदा लिन पाउनेछन्।

जसमा नयाँ इलेक्ट्रिक थ्री-ह्‍विलर अटो ‘ट्रिया र यारी’ खरिद गरे वापद ४० हजारसम्मको नगद छुट दिने योजना छ। कम्पनीका अनुसार यो योजना यो फेब्रुअरी महिनाभरीका लागि लागु हुनेछ।

यो योजनाले ग्राहकहरूलाई राहत दिन र नयाँ इलेक्ट्रिक थ्री-ह्‍विलर अटो ‘ट्रियो र यारी’ को प्रयोगले उद्यमशीलतालाई सहयोग गर्ने कम्पनीले अपेक्षा गरेको छ। यस मेलाबाट पुराना तथा नयाँ ग्राहकहरुले अधिकतम लाभ लिन सक्ने अपेक्षा पनि कम्पनीले राखेको छ।

महिन्द्रा ट्रियो अटो र यारीका उत्कृष्ट विशेषताहरु रहेको कम्पनीले जनाएको छ। जसमा एडभान्स लिथियम आयन टेक्नोलोजी बाट निर्माण गरिएको ब्याट्री प्याक छ। यस्तै उत्कृष्ट पर्फमेन्स् क्षमता भएको र यो सेगमेन्टमा पाइने वारेन्टी सबैभन्दा राम्रो.रहेको कम्पनीको दाबी छ।

कम्पनीका अनुसार ट्रियो अटोमा तीन वर्ष वा ८० हजार किलोमिटर वारेन्टी र ट्रियो यारीमा तीन वर्ष वा ४० हजार किलोमिटरसम्मको वारेन्टी प्रदान गरिएको छ।

यसैगरी यसमा रहेको ब्याट्री चार्ज गर्न ट्रियो अटोलाई ३ घण्टा ५० मिनेट चार्जिङ फुल गर्न सकिन्छ। यसले १३० किलोमिटर रेन्ज दिन्छ। यस्तै ट्रियो यारीमा २ घण्टा ३० मिनेटमा चार्जिङ फुल हुन्छ। यसले ८५ किलोमिटरसम्म कुदाउन सकिन्छ।