
काठमाडौं। नेपाल क्लियरिङ हाउस लिमिटेडको अध्यक्षमा दयाराम शर्मा चयन भएका छन्। अध्यक्ष चयनपछि राष्ट्र बैंककी डेपुटी गभर्नर डा. निलम ढुङ्गाना तिमिल्सिनाले शर्मालाई पद तथा गोपनियताको सपथ गराएकी छिन्।
तत्कालिन अध्यक्ष रामबहादुर मानन्धरको राष्ट्र बैंकभित्र विभाग परिवर्तन भएपछि शर्मा नयाँ अध्यक्ष चयन भएका हुन्। नेपाल क्लियरिङ हाउस राष्ट्र बैंकले समेत सेयर लगानी गरेर खोलिएको कम्पनी हो।
सञ्चालक समितिमा राष्ट्र बैंक, बाणिज्य बैंक, विकास बैंक र वित्तीय कम्पनीका प्रतिनिधिहरु छन्।
क्लियरिङ हाउस नेपालमा राष्ट्रिय भुक्तानी प्रणाली स्थापना गर्न राष्ट्र बैंकसहितको लगानीमा प्रवर्द्धित कम्पनी हो।