बजेट सार्वजनिक हुँदै गर्दा भारतीय स्टक एक्सचेन्जमा आक्रामक वृद्धि, १९ सय अंकको उतारचढाव

बिजमाण्डू
२०७९ माघ १८ गते १६:२६ | Feb 1, 2023
बजेट सार्वजनिक हुँदै गर्दा भारतीय स्टक एक्सचेन्जमा आक्रामक वृद्धि, १९ सय अंकको उतारचढाव


काठमाडौं। भारतले आर्थिक वर्ष २०२३/२४ को बजेट सार्वजनिक गर्दागर्दै त्यहाँको सेयर बजार तरंगित बनेको छ। बुधबार बम्बइ स्टक एक्सचेन्ज (बिएसई) मा व्यापक उतारचढाव आएको हो।

Tata
GBIME
NLIC

बजारमा बुधबार १९४४ अंकको उतारचढाव देखिएको छ। ६० हजारभन्दा माथिल्लो विन्दुबाट खुलेको सेयर बजार ६० हजार ७७० विन्दुसम्म पुगेलगत्तै घटेको हो। गिरावटले ५८ हजार ८२६ मा आएर बिश्राम लिएको थियो। सो विन्दुबाट परिसूचक ८८२ अंक उक्लिसकेको छ। हाल ५८ हजार ८२६ को विन्दुमा कारोबार भइरहेको छ।

बजेट भाषणभन्दा अघिल्ला दिनबाटै बिएससीमा खरिद चाप बाक्लिएको थियो। तीव्र गिरावटका कारण सोमबार परिसूचकले ५८ हजार ६९९ को विन्दुलाई समेत परीक्षण गर्न पुगेको थियो। तर कारोबार बन्द हुँदा परिसूचक ५९ हजार ५०० विन्दुमा उक्लिसकेको थियो। त्यसयता बजार निरन्तर बढ्दो छ।

नेसनल स्टक एक्सचेन्ज (एनएसइ) मा भने सामान्य करेक्सन देख्न सकिन्छ। १७ हजार ८११ विन्दुबाट बुधबारको कारोबार सुरु गरेको एनएसइ १७ हजार ६०० आसपासमा ओर्लिएको हो।