कालिञ्चोक दर्शनको सेयर आजबाट सर्वसाधारणलाई, ८ लाख ९६ हजार कित्तामा दाबी

२०७९ माघ ३ गते ०८:५५
कालिञ्चोक दर्शनको सेयर आजबाट सर्वसाधारणलाई, ८ लाख ९६ हजार कित्तामा दाबी


काठमाडौं। कालिञ्चोक दर्शनले आजबाट आम सर्वसाधारणलाई सेयर जारी गरेको छ। कम्पनीले यसअघि आयोजना प्रभावित र वैदेशिक रोजगारीमा गएका नेपालीका लागि  सेयर जारी गरेको थियो। 

TATA
GBIME

कम्पनीले जारी पुँजीको १८ प्रतिशत अर्थात् १० करोड ८० लाख रुपैयाँ बराबरको आइपीओ सर्वसाधारणलाई निष्कासन गरेको हो।

१० करोड ८० लाख रुपैयाँको सेयरमध्येबाट बैदेशिक रोजगारीमा गएका, प्रभावित, सामूहिक लगानी कोषलाई पनि बितरण गरिएको छ। अब सर्वसाधारणले ८ लाख ९६ हजार कित्ता सेयरका लागि दाबी गर्न पाउने छन्।

न्यूनतम १० कित्ता र बढिमा ४९९० कित्ताका लागि आवेदन दिन सकिन्छ।


Sunrise Bank