विद्यालय नर्स कार्यक्रममा गण्डकी प्रदेशले १८ जना भर्ना लिँदै, योग्यता नर्सिङमा प्रमाणपत्र तह

बिजमाण्डू
२०७९ पुष ९ गते ११:१५ | Dec 24, 2022
विद्यालय नर्स कार्यक्रममा गण्डकी प्रदेशले १८ जना भर्ना लिँदै, योग्यता नर्सिङमा प्रमाणपत्र तह


काठमाडौं। नर्सिङ क्षेत्रमा जागिर खोजी गरिरहेकाहरुका लागि गण्डकी प्रदेशमा दरखास्त खुलेको छ। प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १८ जना नर्सको पदपूर्ति गर्ने भएको हो।

Tata
GBIME

प्रदेशअन्तर्गतका जिल्लामा छनोट भएका विद्यालयहरुमा 'विद्यालयमा नर्स' कार्यक्रममा खटाउन शनिबार विज्ञापन गरेको छ। 

मन्त्रालयले कास्की, स्याङ्जा, बागलुङ, तनहुँ, गोरखा, नवलपुर, लमजुङ, पर्वत, म्याग्दी, मुस्ताङ र मनाङमा खटाउने भएको हो। सेवा करारमा चिकित्सक र स्वास्थ्यकर्मी व्यवस्थापन कार्यविधि २०७९ अनुसार गरिने पदपूर्तिमा नर्सको श्रेणी पाँचौं तहको हुने सूचनामा उल्लेख छ।

आवेदकले नर्सिङ विषयमा प्रमाणपत्र तह उत्तीर्ण भइ सम्बद्ध क्षेत्रमा काम गरेको अनुभव खुल्ने कागजात राखेर पुस १७ सम्मभित्र दरखास्त दिन सक्ने छन्।  आवेदक नेपाली नागरिक हुनुपर्नेछ। आवेदक आफूले काम गर्न चाहेको जिल्ला दरखास्तमै खुलाउनु पर्नेछ।

प्रदेशका ११ जिल्लामध्ये पर्वत, म्याग्दी, मुस्ताङ र मनाङमा हालका लागि मन्त्रालयले एक/एक जनाको मात्रै कोटा तोकेको छ। अन्य ७ जिल्लामा २/२ जनाको दरले खटाइने सूचनामा जनाइएको छ।