ह्‍वासिन सिमेन्ट कम्पनीले माग्यो २५ कर्मचारी, नायब महाप्रबन्धकदेखि सेफसम्मको माग

बिजमाण्डू
२०७९ कात्तिक ४ गते ०९:१४ | Oct 21, 2022
ह्‍वासिन सिमेन्ट कम्पनीले माग्यो २५ कर्मचारी, नायब महाप्रबन्धकदेखि सेफसम्मको माग

काठमाडौं। धादिङमा कारखाना ह्‍वासिन सिमेन्ट नारायणीले नायब महाप्रबन्धकदेखि सेफसम्मका २५ जना कर्मचारीहरु माग गरेको छ।

Tata
GBIME
Nepal Life

कम्पनीले शुक्रबार सूचना जारी गर्दै कम्पनीलाई आवश्यक नायब महाप्रबन्धकदेखि सेफसम्मका २५ जना कर्मचारी मागेको हो। एक वर्षका लागि मात्र कर्मचारी माग गरिएको हो।

यसमा आवेदन दिएर पदमा छनोट हुने कर्मचारीको कार्यरत रहने अवधि १ वर्षसम्म मात्र हुनेछ। नायब महाप्रबन्धकका लागि शैक्षिक योग्यतामा एमबीए र ९ वर्षसम्म काम गरेको अनुभव चाहिने कम्पनीको सूचमा उल्लेख छ।

क्वालिटी कन्ट्रोलर, इन्जिनियर, इलेक्ट्रिसियन, मेकानिकलगायत अन्य पदमा कर्मचारी माग गरिएको छ।

उक्त पदहरुमा आवेदन दिने व्यक्तिहरुले ७ दिनभित्र फाराम भर्नु पर्नेछ।