टाटाले नेपालमा धेरै नेक्सन इभी सप्लाई गरेको छ, अब समस्या हुँदैन, मयंक बल्दीको अन्तर्वार्ता

बिजमाण्डू
२०७९ असोज ९ गते १२:०३ | Sep 25, 2022

नेपालमा टाटा मोटर्सका कमर्सियल भेहिकल निकै धेरै बिक्री भएका छन्। त्यही कारण टाटाका लागि नेपाल राम्रो बजार पनि हो। पछिल्लो समय कम्पनी प्यासेन्जर भेहिकल उत्पादन र बिक्रीमा आक्रामक देखिएको छ। प्यासेन्जर भेहिकल नेपालीले रुचाएका छन्। कमर्सियल भेहिकलजस्तै प्यासेन्जर भेहिकल बिक्री स्थापित गर्न टाटाले नेपालमा रणनीति पनि बनाइरहेको छ। त्यसैले कम्पनीका उच्च अधिकारीहरु नेपाल भ्रमण गरेर आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङलाई सघाइरहेका छन्। पछिल्लो समय टाटाका विद्युतीय गाडीले ग्राहक आकर्षित गरिरहेको छ। टाटा मोटर्स प्यासेन्जर भेहिकल इन्टरनेशनल बिजनेस प्रमुख मयंक बल्दी पनि अहिले नेपालमा छन्। बिजमाण्डूका शुक्र गिरीले सोधे- टाटाका लागि नेपाल कमर्सियल भेहिकलको ठूलो बजार हो। तर प्यासेन्जर भेहिकलमा भने टाटाको अंश सानो छ। यो सेग्मेन्टको बजार विस्तारका लागि कम्पनीले कस्तो रणनीति बनाउँदैछ?

Tata
GBIME
Nepal Life

नेपालमा टाटाको कुनै पनि सेग्मेन्टको गाडी खरिद गर्दा सिप्रदीले बनाएको राम्रो ‘इकोसिस्टम’को विश्वास गरेका छन्। टाटाले दिने गाडीको पर्फर्मेन्स, एफोर्डेबल मूल्य तथा नयाँ फिचर्सले पहिलो रोजाइमा कम्पनीका उत्पादन परेको हो।

टाटा र सिप्रदीले जसरी कमर्सियल सवारीमा पहिलो स्थान हासिल गर्न सफल भएको छ। त्यसरी नै प्यासेन्जर सवारीमा सो स्थान बनाउन विभिन्न योजनाहरु बनिरहेका छन्। प्यासेन्जर गाडीहरुमा ६ महिना तथा एक वर्षको अवधिमा मोडलहरुलाई उपग्रेड गरिरहेका छौं।

यस्तै नाडा इभी एक्स्पोमा सार्वजनिक भएको नेक्सन इभी प्राइम एउटा उदाहरण हो। यसलाई नयाँ फिचर्समा अपग्रेड गरेको छ। अपग्रेड गरिएको नेक्सनमा अतिरिक्त मूल्य गाभिएको छैन। यो उत्पादन गर्दा अतिरिक्त लागत कम्पनीलाई लाग्छ तर नेपालमा टाटालाई विश्वास गर्ने ग्राहकका लागि अतिरिक्त मूल्य लिएका छैनौं। यो हामीले नेपालको बजारका लागि लिएको रणनीति हो।

त्यसो भए प्यासेन्जर भेहिकलका लागि नेपाल कस्तो बजार हो?

पछिल्लो समय नेपालमा टाटाको प्यासेन्जर सवारीमा एउटा भिन्न खालको दृश्य देखिरहेका छौं। सन् २०२० भन्दा अगाडि टाटाले फ्लिप सेग्मेन्टका कार मात्र बिक्री गर्दै आइरहेको थियो। टाटा ब्रान्ड पुरानो पनि हो। टाटाले ट्याक्सी ग्राहकहरुका लागि टार्गेट गरेर गाडीहरु उत्पादन गर्थ्यो भने नयाँ जेनेरेसन अनुसार उत्पादन कम हुने गरेको थियो। कमर्सियल सवारीमा धेरै फोकस थियो।

तर सन् २०२० भन्दापछि टाटाले आफ्नो प्यासेन्जर सेग्मेन्टको उत्पादनमा पूर्णरूपमा परिवर्तन गर्‍यो। जब म सन् २०२१ मा नेपाल आएको थिएँ, त्यो समय नेपालमा टाटाको नयाँ उत्पादन सार्वजनिक भएको थियो। त्यो समय हाम्रो लागि नेपाली मार्केटमा प्यासेन्जर सवारीको सेगमेन्टमा टर्निङ पोइन्ट थियो।

त्यसपछि टाटाले फुल रेन्जको गाडीहरु उत्पादन गर्न थालेको थियो। साना ह्याचब्याकदेखि एसयुभी, सेडान तथा प्रिमियम एसयुभीहरु आउन थाल्यो। यी प्यासेन्जर सवारी सबै नयाँ डिजाइनमा आधारित थिए। हाम्रो ग्राहकलाई सधैं नयाँ उत्पादन उपलब्ध गराउने प्रतिबद्धताले नै नेपाली बजारमा प्यासेन्जर सेगमेन्टमा पनि नम्बर वन बन्न सहयोग गरिरहेको छ। हामी त्यही प्रतिबद्धतालाई आत्मसात गरेर अगाडि बढिरहेका छौं।

टाटाको गाडी सेफ्टी, क्लास, पर्फमेन्स र नयाँ डिजाइन तथा एफोर्डेबल मूल्यलाई विशेष ध्यानमा राखेर काम गरिरहेका छौं। अहिले गाडी खरिद गर्ने ग्राहकहरुले गाडीको मूल्यलाई भन्दा गाडीको सम्पूर्ण पक्षलाई हेर्ने गर्छन्। आगामी दिनमा पनि त्यही खालको योजनाहरु अनुसार टाटाले आफ्नो उत्पादन ल्याउनेछ। त्यसका लागि ग्राहकहरुलाई आवश्यक इकोसिस्टम तयार पार्ने पहिलो प्राथमिकता राखेका छौं। हाम्रो गाडी पनि मोबाइल जस्तै भएको छ। ग्राहकहरु गाडीमा पनि नयाँ फिचर अपग्रेड चाहन्छन् त्यही अनुसार टाटाले उत्पादन ल्याइरहेको छ। । यही कुराले टाटाको प्यासेन्जर सवारी पनि नेपाली बजारमा नम्बर वन बन्न सक्छौं।

यसमा इभीको नयाँ इनोभेसनले पनि प्यासेन्जर सवारीमा राम्रो स्थान हासिल गर्न योगदान पुर्‍याएको छ। अब टाटाले धेरै विद्युतीय प्यासेन्जर भेहिकलमा फोकस गर्छ साथै इन्धन इन्जिनलाई पनि उपग्रेड गर्दै ल्याउनेछ।

नेपाल सरकारले जसरी विद्युतीय सवारीलाई मात्र प्राथमिकतामा राखेको छ, त्यसबाट हामी टाढा भने रहन सक्दैनौं। टाटाले नेपाल सरकारले ल्याएको करको स्ट्रक्चर हेरिरहेको छ। यसले दीर्घकालिन रुपमा इभीलाई सपोर्ट गर्छ वा गर्दैन जस्ता कुराहरुमा टाटाले अध्ययन गरिरहेको छ। टाटा त्यही अनुसार रणनीतिक योजना बनाएर मात्र इभी एसेम्ब्ल प्लान्ट निर्माण गर्न अगाडि बढ्छ।

पछिल्लो समय नेपालले विद्युतीय सवारीसाधनको प्रयोगमा जोड दिँदै गएको छ। हाल सिप्रदीसँग १००० भन्दा बढी नेक्सन इभी बुकिङहरू छन्। तर आपूर्ति छैन। के भएको हो?

अहिले विश्वको अटो बजारले धेरै कुराको अभाव र सप्लाई चेनको समस्या भोगिरहेको छ। विश्व अटो बजारमा सेमी कन्डक्टरको अभाव, ब्याट्री उत्पादनमा कमी, स्पेयर पार्ट्स तथा इलेक्ट्रोनिक्स कम्पोनेन्टहरुको सप्लाई राम्रो छैन। त्यो समस्याबाट टाटा पनि पछिल्लो ६ महिनासम्म प्रभावित बन्यो। त्यसैले गाडीको वेटिङ पिरीयड लम्बिँदै गयो। हामीले यसलाई विस्तारै म्यानेज गरिसकेका छौं।

टाटाको नेक्सन इभीको भारतमा पनि माग धेरै छ। त्यसले भारतमा नै सप्लाई दिन समस्या भएको थियो। यो सबै अटो कम्पनीहरुको एउटै समस्या हो। तर पछिल्लो ३ महिनादेखि नेपाली बजारलाई प्राथामिकतामा राख्दै टाटाले सप्लाई बढाएको छ। टाटाले अन्य देशमा भन्दा नेपालमा धेरै नेक्सन इभी सप्लाई गरेको छ। नेपाली ग्राहक हाम्रा लागि घरेलु ग्राहक जस्तै लाग्छ। त्यही अनुसार हामीले सकेसम्म छिटो नेपाली ग्राहकलाई पनि समयमा नेक्सन इभी उपलब्ध गराउने प्रतिबद्धता गरेका छौं।

नेपाल टाटाको लागि ठूलो मार्केट हो। त्यसैले जुन ६ महिना अगाडि नेक्सन बुक गर्दा भएको ९ महिनाको वेटिङ समय अब भने ५ महिनामा मात्र पर्खिनु पर्नेछ। सो अवधिमा इभी बुक गर्ने ग्राहकहरुले गाडी डेलिभरी पाउनेछन्। हामी अबको समयमा सप्लाइमा कुनै खालको समस्या आउन नदिन कोसिस गर्नेछौं। टाटाले यसलाई अझै कम ३-४ महिनाको अवधिमा सप्लाई गर्न प्रयास गर्नेछ।

त्यसका लागि सिप्रदीले गाडीको पेमेन्ट गर्न ग्राहकहरुलाई तरलताको अभावबाट मुक्त गराउन फाइनान्सिङको लागि एउटा वाणिज्य बैंकसँग सम्झौता पनि गरिसकेको छ। यसमा पनि कम्पनीले काम गरिरहेको छ। गाडी डेलीभरी गर्दा ग्राहकहरुलाई पेमेन्टको समस्या नहोस भनेर यसलाई पनि टाटाले फोकस गरिरहेको छ। पहिला जे समस्या थियो, त्यसलाई हामीले ओभरकम गर्न खोजेका छौं।

टाटाले यसभन्दा अघि काठमाडौंलाई मात्र फोकस गरेर गाडी डेलिभरी गर्ने गर्थ्यो तर अब भने काठमाडौंका लागि ६० प्रतिशत र उपत्यका बाहिरलाई ४० प्रतिशत डेलिभरी गर्ने योजना बनाइएको छ। काठमाडौं बाहिर कम सप्लाई भयो भन्ने समस्या पनि समाधान हुनेछ।

सर्भिसिङमा कुनै समस्या नआओस् भन्नेमा हामी पनि चनाखो छौं। हाम्रो सर्भिसलाई ग्राहकहरुको घरमै दिन सक्ने एक खालको योजनाहरु बनाएका छौं। साथै ग्राहकहरु जहाँ गएर रोकिनु हुन्छ, त्यही स्थानमा टाटाको सर्भिस टिम उपलब्ध हुनेछ। इभी किन्नु अघि नै सिप्रदीले इकोसिस्टम तयार पारिरहेको छ।

नेपालमा माग अनुसार सप्लाई गरेको भए अन्य ब्रान्डले नेक्सन इभीसँग प्रतिस्पर्धा गर्दैनथे होइन र?

गाडी किन्ने भनेको ब्राण्ड हेरेर पनि हो। उनीहरुले सप्लाईलाई आधार बनाएर अर्को किन्छन् भन्ने हुँदैन। ग्राहक गुणस्तर र विशेषता हेरेर गाडी किन्छन्। हाम्रो चाहना सप्लाई ढिला गर्ने थिएन। अब सप्लाईको समस्या कम हँदै गएको छ। सिप्रदीले इभीका लागि आवश्यक पूर्वाधार पनि बनाइरहेको छ। ग्राहकका लागि पूर्वाधार पनि महत्त्वपूर्ण विषय हो। अर्को महत्त्वपूर्ण विषय भनेको इभीको मूल्य पनि हो। र, नेपालजस्तो भौगोलिक अवस्था भएको मुलुकमा ग्राउन्ड क्लियरेन्स पनि महत्त्वपूर्ण हुन्छ।

नेपाल सरकारले हाल इन्धन प्यासेन्जर सवारीसाधनको आयातमा प्रतिबन्ध लगाएको छ। टाटाले यसलाई कस्तो रुपमा लिएको छ?

हामी आयात प्रतिबन्ध खुल्ने दिनको प्रतीक्षामा छौं। हामी टाटा र सिप्रदी दुवै नयाँ मोडलको गाडी ल्याउन तयारी अवस्थामा छौं। ‘पन्च’ ल्याउने योजना थियो तर आयात प्रतिबन्धले समयहरु सबै परिवर्तन भएको छ।

यसले गर्दा टाटाले आफ्नो भारतमा सार्वजनिक भएका नयाँ मोडलहरु नेपालमा ल्याउन पाएको छैन्। तर यसमा टाटाले केही भन्न मिल्दैन। नेपाल सरकारले आफ्नो वातावरणीय र मुद्राको सञ्चितिलाई प्राथामिकता दिएको छ। सरकारले इभीको लागि बनेको नीतिहरुलाई अगाडि बढाउन पनि खोजेको छ।

यो सरकारको आन्तरिक मामला हो। टाटाले केही महिनाको लागि मात्र नेपालसँग सहकार्य गरेको होइन। यसले दीर्घकालीन रुपमा सोचेको छ। हाम्रो नेपाल र सिप्रदीसँगको विश्वास यसले मात्र गुम्ने भन्ने कुरा केही छैन। किनभने टाटा पनि विद्युतीय गाडीमा धेरै फोकस गरिरहेको छ।

सिप्रदीले गाडीको पेमेन्ट गर्न ग्राहकहरुलाई तरलताको अभावबाट मुक्त गराउन फाइनान्सिङको लागि एउटा वाणिज्य बैंकसँग सम्झौता पनि गरिसकेको छ। यसमा पनि कम्पनीले काम गरिरहेको छ। गाडी डेलीभरी गर्दा ग्राहकहरुलाई पेमेन्टको समस्या नहोस भनेर यसलाई पनि टाटाले फोकस गरिरहेको छ। पहिला जे समस्या थियो, त्यसलाई हामीले ओभरकम गर्न खोजेका छौं।

सफारी र ह्यारियर (एच ५) जस्ता टाटाका केही प्रिमियम मोडलहरू नेपालमा त्यति स्थापित हुन सकेनन्। किन यस्तो भयो?

यसमा पनि दुई वटा कुराले मुख्य भुमिका खेल्छ। जसमा एसयुभी र अरु सेगमेन्टका सवारीहरु फरक हुन्छन्। जसले आफ्नो पैसासँग भन्दा एसयुभीमा आफुलाई एक्स्पोलर गर्न खोज्छन्। उसले यस्ता एसयुभीहरु किन्ने गर्छन। यसका लागि सीमित ग्राहकहरु हुन्छन्।

एसयुभी धेरै एडभेन्चर्समा जान प्रयोग गरिन्छ तर त्यस्ता खालका ग्राहकहरु नेपालमा कति छन् भन्ने कुराले धेरै महत्त्व राख्छ। हामीले गाडीलाई बेस्ट फिचर्समा उत्पादन गरेका छौं। अर्को मूल्य पनि ठूलो कुरा हो। नेपालमा यसको मार्केट साइज धेरै सानो छ। प्रिमियम कारहरु जुनसुकै देशको सडकमा कमै देखिन्छन्।

ह्यारिअरमा केही प्रमोसन तथा कुनै प्रकारको योजनाहरु ल्याउनको लागि टिमसँग कुरा भइरहेका छन्। हामी यसमा फोकस गरिरहेका छौं। खासगरी सफारी र एच-५ ३५-४० उमेर समूहका व्यापारिक घरानाहरुलाई लक्षित हो। त्यसैले सफारी र एच-५ को नेपालमा भारतमा जस्तै आफ्नै ग्राहक र स्थानमा छ। त्यसैले हामीले यसको लागि नेपालमा पन्चलाई छिट्टै ल्याउने तयारीमा छौं। यसले बजार राम्रो स्थान पाउने कम्पनीको विश्वास छ।

दक्षिण एसियामा टाटा विद्युतीय कारको इनोभेसनमा अग्रणी छ। अन्य ब्रान्डको तुलनामा टाटाका विद्युतीय गाडीहरू निकै किफायती छन्। मध्यम वर्गले टाटाका विद्युतीय सवारीसाधन सजिलै किन्न सक्छन्। तर, टाटाले हुण्डाई आयोनिक-५, टेस्ला र बीवाइडीको एटो-३ मोडलहरू जस्ता माथिल्लो वर्गका लागि लक्षित लक्जरियस सेगमेन्टमा किन काम गरेको छैन?

यो खालको ग्राहकहरुका लागि हामीले योजना बनाएका छौं। हामीले भारत र नेपालको मात्र नभइ ग्लोबल मार्केटको स्थिति हेर्दा सबै विद्युतीय सवारी एसयुभीमा फोकस रहेर काम गरिरहेका छन्। टाटाको पुनेमा र बेलायतमा रहेको प्लान्टले भविष्यमा केको माग धेरै हुन्छ भन्ने कुराको अध्ययन गरेको छ। कुन सेग्मेन्टका इभीहरु भविष्यमा राम्रोसँग स्थापित हुन सक्छन् भनेर एक खालको डेटा तयार पारिएको छ। त्यही अनुसार टाटाले योजनाबद्ध रूपमा लक्जरियस सेग्मेन्टमा पनि काम गरिरहेको छ।

टाटाले तत्काल दुई वटा मोडलमा लक्जरियस सेग्मेन्ट इभी ल्याउँदै छ। जसमा एउटा कर्भ र अर्को अभिन्या रहेको छ। टाटाले यी इभी मोडलहरु सकेसम्म छिटो ल्याउने तयारी गरेको छ। यी मोडलहरु सार्वजनिक भएपछि इभीको इन्नोभेसन कस्तो हुन्छ भन्ने पनि जानकारी मिल्नेछ। यी मोडलहरु नेपाल, युरोप, अफ्रिकी देशहरुका लागि डिजाइन गरिएको छ। भविष्यमा हाल इभीमा भएको फिचर्स तथा बडी डिजाइनले काम गर्दैन। त्यसैले सबै कुरामा टाटाले अपग्रेड गर्दै लगिरहेको छ। साथै प्रिमियम सेग्मेन्टमा पनि इभीलाई ल्याउने तयारी गरेको छ। प्रिमियम कारका लागि त्यही खालको डिजाइन, फिचर्स तथा पावर हुनु जरुरी छ। टाटाको आगामी दिनमा आउने अभिन्या यसको क्लासिक उदाहरण हुनेछ।

त्यसैले टाटासँग हाल भएका नेक्सनहरु जेनेरेसन वन, कर्भ जेनेरेसन टु र अभिन्या जेनेरेसन थ्री हनेछन्। यो मोडलहरु धेरै चाँडै सार्वजनिक हुँदैछन्। यसले नेपालमा पनि टाटाको लक्जरियस सेग्मेन्टको गाडी चाहनेहरुका आवश्यकता पुरा गर्नेछ। ग्राहकहरुले टाटाको सबै सेमेन्टका गाडीहरु किन्न पाउनेछन्। उनीहरुले चाहेको मूल्यमा सोचेभन्दा धेरै फिचर उपलब्ध गराउने टाटाको योजना छ।

टाटाले आफ्नो भारतमा सार्वजनिक भएका नयाँ मोडलहरु नेपालमा ल्याउन पाएको छैन्। तर यसमा टाटाले केही भन्न मिल्दैन। नेपाल सरकारले आफ्नो वातावरणीय र मुद्राको सञ्चितिलाई प्राथामिकता दिएको छ। सरकारले इभीको लागि बनेको नीतिहरुलाई अगाडि बढाउन पनि खोजेको छ।

बिक्रीपछिको सेवाकै कारण नेपालको अटोमोबाइल बजारमा टाटा अग्रणी छ। सिप्रदीले सारेको यो अवधारणा सफल पनि भयो। अरु के छ योजना?

सिप्रदीले बिक्रीपछिको सेवालाई राम्रोसँग बुझेर त्यही खालको इकोसिस्टम तयार पारेकै कारण टाटाका गाडी नम्बर वान बनेका हुन्। त्यही भएर सिप्रदी र हाम्रो सम्बन्ध मजबुत छ। सिप्रदीले गाडी बिक्री गर्न भन्दा पूर्वाधार तथा सर्भिस सेन्टरहरु स्थापनामा जोड दिएको छ। सिप्रदी ब्रान्ड नेपालमा विश्वासिलो यसै कारण भएको छ।

टाटाले पनि सबै प्रकारले सिप्रदीलाई सहयोग गरिरहेको छ। हामीले अहिले भारतबाटै नै समन्वय गरेर नेपालमा कुनै प्यासेन्जर सवारीमा समस्या आएमा त्यसको समाधान गर्ने काम गरिरहेका छौं। यस्तै दक्ष जनशक्ति तयार पारिएका छन्। सर्भिसिङमा कुनै समस्या नआओस् भन्नेमा हामी पनि चनाखो छौं। हाम्रो सर्भिसलाई ग्राहकहरुको घरमै दिन सक्ने एक खालको योजनाहरु बनाएका छौं। साथै ग्राहकहरु जहाँ गएर रोकिनु हुन्छ, त्यही स्थानमा टाटाको सर्भिस टिम उपलब्ध हुनेछ। इभी किन्नु अघि नै सिप्रदीले इकोसिस्टम तयार पारिरहेको छ।

नेपालमा टाटाको सबैभन्दा धेरै चार्जिङ नेटवर्क एसी चार्जर १०० भन्दा धेरै र फाष्ट चार्जिङ १९ वटा विस्तार भएका छन्। यस्तै ५० वटा भन्दा धेरै इभीको लागि छुट्टै सर्भिस सेन्टरहरु सञ्चालन भएका छन्। साथै प्राविधिक टोलीहरु पनि तयार पारिरहेको छ।

टाटाले इभीलाई फुल्ली रुपमा डिजिटल बनाउने प्रयास गरेको छ। चार्जिङ एपहरु बनाएको छ। जसले गर्दा कुनै ठाउँमा पुग्नु भन्दा अगावै चार्जिङ स्टेसन खाली छ की छैन भन्ने कुरा थाहा पाउन सक्नेछन्। ग्राहकहरुले आज गाडी किन्दै छन् भने उनीहरुलाई समस्या नआउने वातावरण तयार गर्नुपर्छ।

यो अहिले हाम्रो सुरुवात मात्र हो। यसलाई अझै विस्तार गर्ने योजनामा हामी छौं। त्यसैले हामीले दीर्घकालीन रूपमा टाटाको नेटवर्क विस्तार गर्न लागि परेका छौं। यसका लागि केही लगानीहरुको योजनाहरु तयार भएका छन्। जसले गर्दा सर्भिस सेन्टरहरुको विस्तार, दक्ष जनशक्ति उत्पादन, स्पेयर पार्ट्स, नयाँ प्राविधिलाई व्यवहारमा ल्याउन सहज वातावरण बनाउने लगायतका कुरामा अझै टाटाले काम गर्ने योजना रहेको छ। यसमा हामीले नेपाली बजार र ग्राहकहरुको माग अनुसार विद्युतीय र इन्धन दुवैलाई समेटेर लैजानेछौं।

पछिल्लो समय नेपालमा टाटाको प्यासेन्जर सवारीमा एउटा भिन्न खालको दृश्य देखिरहेका छौं। सन् २०२० भन्दा अगाडि टाटाले फ्लिप सेग्मेन्टका कार मात्र बिक्री गर्दै आइरहेको थियो। टाटा ब्रान्ड पुरानो पनि हो। टाटाले ट्याक्सी ग्राहकहरुका लागि टार्गेट गरेर गाडीहरु उत्पादन गर्थ्यो भने नयाँ जेनेरेसन अनुसार उत्पादन कम हुने गरेको थियो। कमर्सियल सवारीमा धेरै फोकस थियो।

नेपालमा विद्युतीय सवारी साधनको एसेम्बल प्लान्ट स्थापनामा प्रोत्साहन गर्न सरकारले कर छुट दिइरहेको छ। टाटासँग केही समयअघि नेपालमा कम्बसन भेहिकल एसेम्बल प्लान्ट स्थापना गर्न योजना थियो। पछि सिप्रदीले त्यो योजनालाई स्थगित गर्‍यो। अब टाटासँग इभी एसेम्बल प्लान्ट स्थापना गर्ने योजना के छ?

विद्युतीय गाडी स्थापना गर्ने तत्कालै कुनै योजना छैन। तर टाटाले योजनाहरु निश्चय पनि बनाउनेछ। नेपाल सरकारले जसरी विद्युतीय सवारीलाई मात्र प्राथमिकतामा राखेको छ, त्यसबाट हामी टाढा भने रहन सक्दैनौं। टाटाले नेपाल सरकारले ल्याएको करको स्ट्रक्चर हेरिरहेको छ। यसले दीर्घकालिन रुपमा इभीलाई सपोर्ट गर्छ वा गर्दैन जस्ता कुराहरुमा टाटाले अध्ययन गरिरहेको छ। टाटा त्यही अनुसार रणनीतिक योजना बनाएर मात्र इभी एसेम्ब्ल प्लान्ट निर्माण गर्न अगाडि बढ्छ।

सरकारले निर्यातको लागि केकस्तो नीतिहरु तयार पार्छ भन्ने कुरामा पनि निर्भर हुन्छ। यदि टाटाले नेपालमा एसेम्बल्ड प्लान्ट निर्माण गरेमा सबै उत्पादन नेपालमा मात्र बिक्री हुन्छ भन्ने होइन तर त्यसको अन्य देशमा नेपालबाट निर्यात गर्दा सरकारले कस्तो खालको सहुलियत तथा करको स्ट्रक्चर बनाउँछ भन्ने हो।

त्यसैले टाटाले नाडा र सरकारलाई यस पक्षबाट पनि सोच्न आग्रह गर्छ। इभी एसेम्बल्ड प्लान्ट निर्माण हुन्छन् तर सरकारले दीर्घकालीन करको स्ट्रक्चर तथा नीतिहरुको निर्माणमा प्रतिबद्धता गर्नु आवश्यक छ। हामी दीर्घकालीन नीतिको पर्खाइमा छौं। तर अहिले नै नेपालमा टाटाले इभी एसेम्बल प्लान्ट निर्माण गरिहाल्छ भनेर सार्वजनिक गर्न मिल्दैन। टाटा र सिप्रदीले यो बारेमा अध्ययन गरिरहेका छ।