युरोप जाने घरेलु कामदारले अनिवार्य रूपमा तालिम लिनुपर्ने, कम्तीमा ३० दिनको तालिम

बिजमाण्डू
२०७९ भदौ ३१ गते १२:४५ | Sep 16, 2022

काठमाडौ। सरकारले घरेलु कामदारका रुपमा युरोपेली मुलुकमा जाने नेपाली श्रमिकले अनिवार्य रुपमा तालिम लिनुपर्ने व्यवस्था गरेको छ।

Tata
GBIME
Nepal Life

हाल घरेलु कामदारका रुपमा साइप्रस, रोमानिया लगायत मुलुकमा पठाउँदा केही मेनपावर कम्पनीले अभिमुखीकरण तालिम नदिइ पठाउने गरेको पाइएपछि वैदेशिक रोजगार विभागले त्यस्ता श्रमिकका लागि  तालिम अनिवार्य गरेको हो।

वैदेशिक रोजगारमा घरेलु कामदार पठाउनेसम्बन्धी निर्देशिका, २०७२ ले घरेलु कामदारका रुपमा वैदेशिक रोजगारीमा जानुपूर्व कम्तीमा ३० कार्यदिनको तालिम लिनुपर्ने व्यवस्था छ।

विभागले घरेलु कामदार अभिमुखीकरण तालिमसम्बन्धी कार्यविधि, २०७० अनुसार अनिवार्यरुपमा तालिम प्रदान गरेर मात्र श्रमिकलाई वैदेशिक रोजगारीमा पठाउने व्यवस्था गर्न सूचीकृत मेनपावर कम्पनीलाई निर्देशन पनि दिएको छ।