सेनामा जागिर खानेलाई अवसर, २२९ जना अधिकृत क्याडेटको माग्यो, कस्ताले भर्न पाउँछन्?

बिजमाण्डू
२०७९ भदौ ३१ गते ०८:५२ | Sep 16, 2022

काठमाडौं।नेपाली सेनाले २२९ जना अधिकृत माग गरेको छ। गोरखापत्रमा एक सूचना प्रकाशन गर्दै सेनाले सेनानी पदमा अधिकृत माग गरेको हो।

Tata
GBIME

मागअनुसार खुल्लामा ११७, महिलामा २२, आदिवासी जनजातिमा ३०, मधेसीमा २८, दलितमा १४, पिछडिएको क्षेत्रमा ७ र नेपाली सेनाका परिवारका लागि ११ जना कोटा छुट्याइएको छ।

अधिकृतका लागि प्रमाणपत्र तह उत्तिर्णका लागि १८ वर्ष पुरा भई २१ वर्ष ननाघेको र स्नातक तह उत्तिर्ण गरेकाले १८ वर्ष पुरा भई २४ वर्ष ननाघेको र कार्यरत सैनिक जवानको हकमा २६ वर्ष ननाघेको हुनु पर्ने उल्लेख गरेको छ।

स्वयम्भू, इटहरी, बर्दिबास, हेटौंडा, पोखरा, रुपन्देही, सुर्खेत र कैलालीमा दरखास्त फारम उपलब्ध गराउने सेनाले जनाएको छ।