होटल सोल्टीमा थाइ खाना मेला, थाइ मास्टर सेफ पैरज पोलपेङ पस्कँदैछन् खास परिकार

बिजमाण्डू
२०७९ असार ५ गते ११:२९ | Jun 19, 2022
होटल सोल्टीमा थाइ खाना मेला, थाइ मास्टर सेफ पैरज पोलपेङ पस्कँदैछन् खास परिकार

काठमाडौं। होटल सोल्टीमा थाइ खाना मेला भइरहेको छ। शुक्रबार सुरु भएको मेलामा थाइ मास्टर सेफ पैरज पोलपेङले थाइल्यान्डका विभिन्न परिकार पस्किँदै छन्।

Tata
GBIME
Nepal Life

सोल्टीको चिनियाँ रेष्टुरेन्ट वाओ सुआनमा थाइ खाना मेलामा भइरहेको हो। होटलले आधिकारिक थाइ परिकारको स्वाद दिने उद्देश्यले यो मेला आयोजना गरेको जनाएको छ।

मास्टर सेफ पोलपेङले आफ्नै शैलीमा समसामयिक परिकार पस्किँदै छन्। विविध परिकारको लामो इतहास बोकेको थाइ परिकारमा केही खास  छन्। रैथाने परिकारमा बास्नादार स्वाद र स्पाइसीको प्रयोग गरिएको हुन्छ। आलाकार्ट मेनु अन्तर्गत ग्राहकले चिकेन पन्दन लिफ, स्पाइसी ग्लास नुडल्स, होम मेड करी, पाथ थाइ, तोमयोम सुप लगायत विभिन्न स्वाद लिन सक्ने जनाइएको छ।

खानाको अन्त्यमा डेजर्टका लागि केरम र नरिवलको क्रिम राखिएको जनाइएको छ।

होटलका अनुसार ग्राहकहरुले साँझ ७ बजेदेखि राति १०:४५ बजेसम्म मेलामा सहभागिता जनाउन सक्नेछन्।