बैंकले १ हजार अंकित दरमा ऋणपत्र बिक्री खुलाएको थियो। यो ऋणपत्रको वार्षिक ब्याजदर ४ प्रतिशत छ। विश्लेषकहरुका अनुसार ब्याज दर तुलनात्मक रुपमा कम भए पनि दीर्घकालीन लाभ लिने लगानीकर्ताहरुका लागि यो ऋणपत्र भरपर्दो लगानी औजार हो।
बैंकले कुल साढे ३ अर्ब रुपैयाँ बराबरको ३५ लाख कित्ता ऋणपत्र जारी गरेको छ। जसमध्ये २ अर्ब १० करोड रुपैयाँ बराबरको २१ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गर्ने छ। त्यसमा बाँकी रहेको १४ लाख कित्ता सर्वसाधारणलाई बिक्री गर्ने छ।
यसमध्ये ७० हजार कित्ता सामूहिक लगानी कोषलाई आरक्षण गरिएको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले जनाएको छ ।