BIZMANDU
www.bizmandu.com

एनएमबि बैंकको ऊर्जा ऋणपत्र निष्कासन तथा बिक्री आज बैंकिङ समयपश्चात बन्द

२०७९ जेठ ४

एनएमबि बैंकको ऊर्जा ऋणपत्र निष्कासन तथा बिक्री आज बैंकिङ समयपश्चात बन्द
एनएमबि बैंकको ऊर्जा ऋणपत्र निष्कासन तथा बिक्री आज बैंकिङ समयपश्चात बन्द

काठमाडौं। एनएमबि बैंकले ल्याएको एनएमबि ऊर्जा ऋणपत्र ४५ २०९३/९४ बिक्री खुला रहने आज अन्तिम दिन हो। बैंकले गत वैशाख २१ बाट निष्कासन गरेको उर्जा ऋणपत्र बुधबार बैंकिङ समयसम्म मात्रै बिक्री खुला छ।  

Tata
GBIME
Nepal Life

बैंकले १ हजार अंकित दरमा ऋणपत्र बिक्री खुलाएको थियो। यो ऋणपत्रको वार्षिक ब्याजदर ४ प्रतिशत छ। विश्लेषकहरुका अनुसार ब्याज दर तुलनात्मक रुपमा कम भए पनि दीर्घकालीन लाभ लिने लगानीकर्ताहरुका लागि यो ऋणपत्र भरपर्दो लगानी औजार हो।

बैंकले कुल साढे ३ अर्ब रुपैयाँ बराबरको ३५ लाख कित्ता ऋणपत्र जारी गरेको छ। जसमध्ये २ अर्ब १० करोड रुपैयाँ बराबरको २१ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गर्ने छ। त्यसमा बाँकी रहेको १४ लाख कित्ता सर्वसाधारणलाई बिक्री गर्ने छ।

यसमध्ये ७० हजार कित्ता सामूहिक लगानी कोषलाई आरक्षण गरिएको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले जनाएको छ ।