कम्पनीले २०२० मा दुई अर्ब ८६ करोड ४० लाख रुपैयाँ र २०१९ मा चार अर्ब २३ करोड २० लाख रुपैयाँको कारोबार गरेको थियो। सिमेन्टसँग दैनिक १२ सय टन ग्राइन्डिङ क्षमता छ। यो सिमेन्टमा केडिया समूहका सातजनाको ५० प्रतिशत सेयर स्वामित्व छ बाँकी स्वामित्व भने भारतीय कम्पनी शान्ता सिमेन्ट प्रालिको छ।
रुपन्देहीको गोनाहामा उद्योग रहेको ब्रिजले दुई ब्राण्डका ओपिसी सिमेन्ट, पाँच ब्राण्डका पीपीसी र एउटा ब्राण्डको पीएससी उत्पादन गर्दै आएको छ। ब्रिजले करिब ७३ प्रतिशत क्लिंकर अर्घाखाँची सिमेन्टसँग किन्दै आएको छ।
२०२१ मा सिमेन्टको बिक्रीबाट हुने आम्दानी पाँच प्रतिशतले बढेको छ। २०२० मा कोरोना महामारीका कारण ३२ प्रतिशतले बिक्री घटेको थियो। २०२० को पहिलो आठ महिनामा सिमेन्टको बिक्री मात्रा १४ प्रतिशतले घट्ने अनुमान गरिएको छ। २०२१ को सोही अवधिमा २१ प्रतिशतले घटेको थियो। सिमेन्टसँग देशभर ३०० डिलर छन्।