BIZMANDU
www.bizmandu.com

वृज सिमेन्टले २०२२ को ६ महिनामा १.१४ अर्बको व्यापार गर्ने, २०२१ मा गर्‍यो करिब ३ अर्बको कारोबार

२०७९ बैशाख २९

वृज सिमेन्टले २०२२ को ६ महिनामा १.१४ अर्बको व्यापार गर्ने, २०२१ मा गर्‍यो करिब ३ अर्बको कारोबार
वृज सिमेन्टले २०२२ को ६ महिनामा १.१४ अर्बको व्यापार गर्ने, २०२१ मा गर्‍यो करिब ३ अर्बको कारोबार

काठमाडौं। वृज सिमेन्टले सन् २०२२ को पहिलो ६ महिनामा एक अर्ब १४ करोड ९० लाख रुपैयाँको व्यापार गर्ने भएको छ। रेटिङ एजेन्सी इक्रा नेपालका अनुसार कम्पनीले २०२१ मा करिब तीन अर्ब रुपैयाँको कारोबार गरेको जनाएको छ। 

Tata
GBIME
Nepal Life

कम्पनीले २०२० मा दुई अर्ब ८६ करोड ४० लाख रुपैयाँ र २०१९ मा चार अर्ब २३ करोड २० लाख रुपैयाँको कारोबार गरेको थियो। सिमेन्टसँग दैनिक १२ सय टन ग्राइन्डिङ क्षमता छ। यो सिमेन्टमा केडिया समूहका सातजनाको ५० प्रतिशत सेयर स्वामित्व छ बाँकी स्वामित्व भने भारतीय कम्पनी शान्ता सिमेन्ट प्रालिको छ।  

रुपन्देहीको गोनाहामा उद्योग रहेको ब्रिजले दुई ब्राण्डका ओपिसी सिमेन्ट, पाँच ब्राण्डका पीपीसी र एउटा ब्राण्डको पीएससी उत्पादन गर्दै आएको छ। ब्रिजले करिब ७३ प्रतिशत क्लिंकर अर्घाखाँची सिमेन्टसँग किन्दै आएको छ। 

२०२१ मा सिमेन्टको बिक्रीबाट हुने आम्दानी पाँच प्रतिशतले बढेको छ। २०२० मा कोरोना महामारीका कारण ३२ प्रतिशतले बिक्री घटेको थियो। २०२० को पहिलो आठ महिनामा सिमेन्टको बिक्री मात्रा १४ प्रतिशतले घट्ने अनुमान गरिएको छ। २०२१ को सोही अवधिमा २१ प्रतिशतले घटेको थियो। सिमेन्टसँग देशभर ३०० डिलर छन्।