भन्सार विभागले तोक्यो भन्सार एजेण्टका लागि परीक्षा केन्द्र, राजधानीका ४५ स्थानमा परीक्षा हुने

बिजमाण्डू
२०७८ फागुन ५ गते ०९:०४ | Feb 17, 2022
भन्सार विभागले तोक्यो भन्सार एजेण्टका लागि परीक्षा केन्द्र, राजधानीका ४५ स्थानमा परीक्षा हुने


काठमाडौं। भन्सार एजेन्टको परीक्षाका लागि भन्सार विभागले परीक्षा केन्द्र तोकेको छ। फागुन २८ गते हुने परीक्षाका लागि ४५ स्थानमा केन्द्र तोकेको हो।

Tata
GBIME
NLIC

भन्सार विभागले लोक सेवा आयोगको कोभिड सम्बन्धि मापदण्ड पुरा गरी परीक्षा सञ्चालन गर्ने जनाएको छ। विभागले २०७७ चैत १६ गते सूचना जारी गर्दै ६ सय ६० जना भन्सार एजेन्ट माग गरेको थियो। कोभिडका कारण विभागले परीक्षा पटक पटक रद्द गर्दै आएको थियो।

परीक्षा काठमाडौंका विभिन्न ठाउँमा रहेका कार्यालयहरुमा हुने छ। प्रवेशपत्र विभागको वेबसाइटबाट लिन सकिने जनाएको छ। लिखित परीक्षामा पास भएपछि मौखिक अन्तर्वार्ता हुनेछ।

अन्तर्वार्ता पास भएपछि नतिजा प्रकाशित भएको ९० दिनभित्र लाइसेन्सबापत ७ हजार र धरौटीबापत ७ लाख रुपैयाँ भन्सार विभागलाई बुझाउनु पर्छ।

भन्सार ऐनअनुसार अनुमति प्राप्त व्यक्तिले मात्रै एजेन्टको काम गर्न सक्छ। भन्सार ऐनको दफा ५१ मा निकासी वा पैठारी हुने भन्सार कार्यालयबाट छुटाउन वा भन्सार कार्यालयसँग सम्बन्धित कामका लागि निकासी वा पैठारीकर्ताको भन्सार एजेन्ट वा प्रतिनिधिको रुपमा काम गर्न चाहने व्यक्तिले भन्सार विभाग वा भन्सार कार्यालयबाट एजेन्टको इजाजतपत्र लिनुपर्ने व्यवस्था छ।